नयाँ ११ वटाले पाए ब्रोकर लाइसेन्स, सेयर कारोबार गराउने कम्पनीको संख्या ८० पुग्यो

  • BFIS News
  • 2023 Jul Fri 21:30
नयाँ ११ वटाले पाए ब्रोकर लाइसेन्स, सेयर कारोबार गराउने कम्पनीको संख्या ८० पुग्यो

काठमाडौं। नेपाल धितोपत्र बोर्डले नयाँ ११ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको छ । बोर्डको बिहीबार बसेको संचालक समितिको बैठकले थप ११ वटालाई व्यवसाय शुभारम्भको लाइसेन्स दिने निर्णय गरेको हो । 
 

लाइसेन्स पाउनेमा मिल्की वे, क्यापिटल हब, पाही इन्भेष्टमेन्ट, आकाश भैरव, एसपीएसए, एनएमबी, सानिमा, स्टकक्स्कार्टस, इन्दिरा, ब्लु चिप र गरिमा सेक्युरिटिज छन्।

योसँगै सेयर कारोबारका लागि लाइसेन्स पाउने कम्पनीको संख्या ८० पुगेको छ। बोर्डले जेठमा नयाँ १८ कम्पनीलाई लाइसेन्स दिएकामा ७ वटाले साउन १ देखि कारोबार सुरु गरिसकेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया