Nepal Life

कैलाश हेलिकप्टरले साढे ३ लाख कित्ता आईपीओ जारी गर्ने, तीन वर्षमा ५ हेलिकप्टर उडाउने

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Wed 21:40
कैलाश हेलिकप्टरले साढे ३ लाख कित्ता आईपीओ जारी गर्ने, तीन वर्षमा ५ हेलिकप्टर उडाउने
Sanima Reliance

काठमाडौं । कैलाश हेलिकप्टर सर्भिसेस् लिमिटेडले ३ लाख ५० हजार कित्ता प्राथमिक सेयर निष्कासन (आईपीओ) प्रिमियममा मूल्यमा जारी गर्ने भएको छ ।

NIMB

कैलाशले जारी पुँजी ३५ करोडको १० प्रतिशत रकमको आईपीओ जारी गर्ने भएको छ यसका लागि एक सय रुपैयाँ अंकित दरको ३ लाख ५० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा जारी गर्नको मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

कैलाश हेलिकप्टरकोतर्फबाट प्रबन्ध संचालक प्रतापजङ्ग पाण्डे तथा मुक्तिनाथ क्यापिटलकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीइओ) कबिन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

३ करोड ५० लाख शेयर पूँजी बराबरको १०० अंकित दरले साढे ३ लाख कित्ता आइपीओ प्रचलित कानूनको अधिनमा रहेर सर्वसाधारणहरुलाई प्रिमियम मुल्यमा जारी गर्ने भएको छ ।

सन् २०१८ मार्च २३ बाट संचालनमा आएको यस कम्पनीले एयरबस कम्पनीले बनाएको एएस ३५० सिरिजका ३ वटा हेलिकप्टर उडान गर्दै आएको छ ।

संचालनमा आएको पहिलो वर्षदेखि निरन्तर नाफामा रहेको यस कम्पनीले कोभिड १९ माहामारीको समय आर्थिक वर्ष ०७६/२०७७ बाहेकको हरेक वर्ष आफ्नो लगानीकर्तालाई प्रतिफल दिदै आएको छ ।

कम्पनीले २०७९/२०८० को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ५ प्रतिशत बोनश शेयर र १० प्रतिशतका दरले नगद लाभांश वितरण गरेको छ । उक्त बोनश शेयर पश्चात कम्पनीको चुक्ता पूँजी ३१ करोड ५० लाख रहेको छ । यस कम्पनीको बोनश वितरण पश्चात किताबी मुल्य १४६ रुपैयाँ २९ पैसा कायम भएको उल्लेख छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले हाल संचालित हेलिकप्टर कम्पनीहरुले ५ वर्ष भित्र ५ थान हेलिकप्टर पुर्याउनुपर्ने व्यवस्था गरेको छ । प्राधिरकणको उक्त व्यवस्गथालाई अबलम्बन गरेर कैलाशले पुँजी बृद्धि गर्न आइपीओ जारी गर्ने भएको हो ।

कैलाशले उड्डययन सुरक्षा नीतिको पूर्ण पालना गरी सन् २०२५ मा १ थान र सन् २०२७ मा १ थान गरी थप २ थान हेलिकप्टर सन् २०२७ सम्ममा थप गरी कुल ५ वटा हेलिकप्टर संचालनमा ल्याउने कम्पनीको योजनासमेत सार्वजनिक गरेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया