Nepal Life

सञ्चालनको सरुवातमै नविल स्टक डिलर मुनाफामा, ९ करोड ५८ लाख कमाउदा ६ करोड ६७ लाख खुद नाफा

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Fri 06:08
सञ्चालनको सरुवातमै नविल स्टक डिलर मुनाफामा, ९ करोड ५८ लाख कमाउदा ६ करोड ६७ लाख खुद नाफा
Sanima Reliance

काठमाडौं । गएको मंसिर २९ गते व्यवसायिक शुभारम्भ गरेको नविल स्टक डिलरले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमै ६ करोड ६७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । नविल सेक्युरिटिजको नामबाट भदौ २० गतेदेखि नै कारोबार सञ्चालन गरेता पनि डिलरको रुपमा भने मंसिर २९ गतेदेखि कारोबार गरेको हो । सञ्चालनको छोटो समयमै डिलरले पुस मसान्तसम्ममा ९ करोड ५८ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।

NIMB

चुक्ता पूँजी एक अर्ब ५२ करोड रुपैयाँ रहेको नविल स्टक डलरको सुरुवातको समयमै प्रतिशेयर आम्दानी ८.७८ रुपैयाँ रहेको छ । सुरुवाति अवस्थामा रहेकाले सञ्चालन खर्च एक दमै कम देखिएको छ । डिलरले पूँजी बापतको रकमलाई लगानी गरेर पनि राम्रो प्रतिफल आर्जन गरेको छ । सुरुवातमै राम्रो प्रस्तुति देखाएको डिलरले फुल फ्लेजमा काम गरेर व्यवसायिक आर्जन गर्दा आकर्षक मुनाफा आर्जन गर्न सक्ने देखिएको छ ।

कम्पनीको प्रतिशेयर नेटवर्थ १०८.३३ रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा १२ करोड ६६ लाख रुपैयाँ जम्मा भइसकेको छ । 

डिलरको अध्यक्ष नेपाल धितोपत्र बोर्डका पुर्व कार्यकारी निर्देशक निरज गिरी रहेका छन् भने प्रमुख कार्यकारी अधिकृत सुरेश देवकोटा छ । डिलरले शेयर खरिद बिक्री, अण्डराइटिङ, पोर्टफेलियो व्यवस्थापन, मार्जिन ल्याण्डिङ, डिपि लगायतका सेवा प्रवाह गर्दै आइरहेको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया