Nepal Life

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रकृयाँ अगाडी बढ्यो, तीन सदस्यीय सिफारिस समिति गठन

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Fri 11:39
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रकृयाँ अगाडी बढ्यो, तीन सदस्यीय सिफारिस समिति गठन
Sanima Reliance

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको रिक्त रहेको अध्यक्ष पदका लागि प्रकृयाँ अगाडी बढाएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा बोर्ड अध्यक्ष सिफारिस समिति गठन गरेको हो ।

NIMB

सिफारिस समितिमा अर्थ मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला रहेका छन् । धितोपत्र सम्बन्धी ऐन २०६३ का अनुसार धितोपत्र बोर्डको अध्यक्ष नियुक्त प्रयोजनका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव र धितोपत्र क्षेत्रसँग सम्बन्धित विशेषज्ञ सम्मिलित सिफारिस समिति गठन गर्नुपर्ने व्यवस्था छ ।

छनोट समितिले अव अध्यक्ष पदका लागि खुला प्रतिस्पर्धाका लागि दरखास्त आह्वान गर्नेछ । आवश्यक प्रकृयाँ अगाडी बढाएर उक्त समितिले अध्यक्ष पदका लागि प्राप्त निवेदनबाट तीन जनाको नाम छनौटका लागि सिफारिस गर्नेछ । मन्त्रिपरिषद बैठकले सिफारिस गरिएका तीन जनाबाट एक जनालाई बोर्डको अध्यक्ष नियुक्त गर्नेछ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया