नेपाल बीमाको प्रचुर सम्भावना भएको ‘ग्रे मार्केट’ हो, नेपाल बीमक संघका अध्यक्ष क्षेत्री सँगको अन्तर्वार्ता
- BFIS News
- 2024 Jan Sat 10:56
काठमाडौं । नेपालमा जीवन बीमाको पहुँच करिब ३५ प्रतिशत रहेको छ भने निर्जीवन बीमाको पहुँच करिब ९ प्रतिशत रहेको छ। जवकी नेपाल विश्वकै सर्वाधिक जोखिमयुक्त मुलुक हो । यसले गर्दा नेपालको बीमा बजारलाई विश्वले नै चासो व्यक्त गर्दै आइरहेको छ ।
एकातिर उच्च जोखिमको क्षेत्र अर्को तर्फ बीमाको न्युन पहुँच । पहुँच बढाउने धेरै ठाउँ भएको हुँदा बीमा बजारको हिसावले ग्रे क्षेत्र हो। पहुँच नबढ्नुका पनि विविध कारण छन्। त्यसलाई पनि हेर्नु पर्नेछ। नेपालको बीमा बजारको विषयमा नेपाल बीमक संघका अध्यक्ष तथा सगरमाथा लुम्बिनी ‘सलिको’ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीसँगको अन्तर्वार्ता :
बीमा उद्योगको वर्तमान अवस्था र निकट भविष्यमा यो उद्योगको सामर्थ्य कस्तो देख्नुहुन्छ?
वर्तमान अवस्थामा बीमा उद्योगको विकास सकारात्मक रुपले अगाडी बढीरहेको छ । विगतका वर्षको तुलनामा विशेष गरी २०७२ सालको महाभुकम्प पछि यो उद्योग सकारात्मक रुपमा अगाडी बढेको हो । भुकम्प पछि पुनरनिर्माणको गतिविधिले नै जनमानसमा बीमाको महत्वलाई आभाष गराएको देखिन्छ।
अर्को तर्फ सरकारले सवारीसाधनमा ‘थर्ड पार्टी इन्स्योरेन्स पोलिसी’ ल्याएपछि पनि यो उद्योगमा सकारात्मक रुपान्तरण आएको हो । यी दुई कारणले गत वर्ष मात्र बीमा बजारले ४१ अर्ब बीमा शुल्क आर्जन गरेको छ ।
संचालन, लगानी, जोखिम न्यूनिकरण क्षमता अविवृद्धि गर्ने लक्षले गत वर्षदेखि विभिन्न बीमा कम्पनी गाभिएका छन् । यसमार्फत आएको बलियो अवधारणा, क्षमता अविवृद्धिले रिइनस्योरेन्स कम्पनीको पनि आत्मबल वृद्धि भएको छ । यसले थप नयाँ बजारको प्रवेश हुने सम्भावना देखिएको छ ।
अहिले जीवन बीमाको पहुँच करिब ३५ प्रतिशत रहेको छ भने निर्जीवन बीमाको पहुँच करिब ९ प्रतिशत रहेको छ। बाँकी भनेका ‘ग्रे’ क्षेत्र हुन जहाँ हामी आफ्नो पहुँच विस्तार गर्नसक्छौँ।
नेपाल विकासोन्मुख मुलुक हो । अहिले आर्थिक क्रियाकलाप बढीरहेको अवस्था छ । यसरी हेर्दा बीमाको माग थप उल्लेख्य मात्रामा वृद्धि हुँदै जानेछ । नयाँ बीमा ऐनले दिएको स्पष्ट प्रावधानले नै अगाडी बढ्नका लागि थप सहयोग गरेको छ । लघु जीवन तथा निर्जीवन दुबै किसिमका प्रोडक्टमा अझै वृद्धि हुने सम्भावना रहेको छ ।
कोभिड-१९ ताका बीमा उद्योगको व्यापार अधिकतम १५ प्रतिशतले वृद्धि भएको थियो । तर गत वर्ष आर्थिक क्रियाकलाप नै खस्किएपछि निर्जीवन बीमामा २ प्रतिशतले गिरावट आएको थियो। यस बाहेक उद्योगमा उल्लेख्य सम्भावना देखिएको छ।
अहिले नेपाल बीमक संघको अध्यक्ष हुनुहुन्छ। बीमा क्षेत्रको विकासका लागि तपाइँले आफ्नो कार्यकालमा राख्नुभएको प्राथमिक योजनाहरु पनि पक्कै बनाउनुभएको होला नी ?
बीमा संघको अध्यक्ष पद पक्कै पनि महत्वपुर्ण जिम्मेवारी हो। यस अन्तर्गत चलिरहेको बजार विश्लेषण, बीमा उद्योगको चुनौती, त्यसको समाधान गर्नु नै मुख्य जिम्मेवारी हो। यसका लागि हामी अर्थ मन्त्रालयमार्फत सरकारसँग सहकार्य गरिरहेका छौं। बीमा उद्योग विस्तार र विकासका लागि हामी बीमा प्राधिकरणलाई पनि आवश्यक सुझाव दिइरहेका छौं । बीमा उद्योगको विस्तार नै हाम्रो मुख्य प्राथमिकता हो।
हामी राष्ट्रिय स्तरमै जोखिम नियन्त्रणमा केन्द्रित छौँ। संकलन गरिएको बीमा शुल्क नै जोखिम व्यवस्थापन, स्वस्थ्य प्रतिस्पर्धा, अन्तर बीमा कम्पनी समन्वयका लागि पर्याप्त रहेको छ।
यो उद्योगलाई सौहार्द्र रुपमा संचालन गर्नु नै हाम्रो मूल उद्धेश्य हो। यसका लागि नेपाल बीमा प्राधिकरण, कृषि मन्त्रालय, अर्थ मन्त्रालयको सहकार्यमा सचेतना फैलाइरहेका छौँ। बीमाकै प्रयोग गरेर हामीले सुरक्षित बीमा संस्कृति प्रवर्धन गर्दै आएका छौँ। जसमार्फत सर्वसाधरणको सहभागीता पनि वृद्धि हुँदै आएको छ।
माइक्रो इन्स्योरेनस र कृषि बीमाको विस्तारका लागि हामीले जागरण ल्याउनका लागि विभीन्न मुलुकबाट यही क्षेत्रमा आवद्ध अन्तर्राष्ट्रिय व्यक्तित्व सँग समन्वय गर्दै कार्यक्रमहरु गर्दै आएका छौँ।
अहिले बीमा सम्वन्धी चेतना प्रवर्द्धन र प्रवेशका लागि कस्तो चुनौती देख्नुभएको छ? यसका समाधानका लागि के के योजना बनाउनुभएको छ?
सुरुमा त सरकार र सरकार सम्वद्ध निकायले बीमाको महत्वपुर्ण भुमिकालाई सर्वसाधरण समक्ष उजागर गर्न आवश्यक छ। यो सँगै मुलुकको शैक्षिक क्षेत्रले पनि आफ्नो पाठ्यक्रममा बीमा शिक्षा समावेश गर्न आवश्यक छ। अब सर्वसाधरणलाई उनीहरुको विद्यालय, क्याम्पस अवधिबाटै बीमाको सम्भावित जोखिम र यसका समाधान लक्षित शिक्षा दिन आवश्यक देखिन्छ। जसमार्फत अधिकांश क्षेत्रमा बीमाको सचेतना सिर्जना गर्नेछ।
सरकार संघीय, प्रादेशीक र स्थानिय गरी तीन तहमा विभाजीत छ। स्वायत्त शासन भएका कारण जोखिममा केहि लचकता देखिन्छ। संघीय तहमा बीमामा विज्ञताको स्तर नै कम देखिन्छ। तर स्थानिय तहको कुरा गर्नुपर्दा वित्तिय जोखिम लचिलो बनाउनका लागि उनीहरु बीमासँग सहकार्य गर्न तयार छन्। तर त्यहाँ बीमा सम्वन्धि प्राविधिक ज्ञानको कमी छ। हामीले सर्वसाधरणलाई यस सम्वन्धी साक्षरता विस्तार गर्नका लागि स्थानिय तहसँग सहकार्य गर्न आवश्यक छ।
केन्द्रिय सरकारले सरकारको आयोजना अन्तर्गत ‘स्वास्थ्य बीमा’ कार्यन्वयनमा ल्याइरहेको छ। यसले एउटा सेतुको भुमीका पनि खेलिरहेको छ। तर स्थानिय तहमा स्वाथ्य बीमा सम्वन्धी एउटा भ्रम के छ भने यो अभियान बीमा कम्पनीले चलाएको हो। तर वास्तवमा यो अभियान सरकारको हो भन्ने विषयमा उहाँहरुलाई स्पष्ट पार्न आवश्यक छ।
अर्को कुरा भनेको मुलुकको कठिन भौगोलिक संरचना । जसका कारण सबै दुरदराजमा पहुँच पुर्याउन अप्ठ्यारो छ। यसो हुँदा कृषि बीमा प्रदान गर्नै चुनौतीपुर्ण छ। तर यहाँ कृषि बीमा प्रतिको चासो र माग बढ्दै गएको छ। ती क्षेत्रमा कृषि बीमाको महत्व प्रवर्धन भइरहेको छ।
अहिले दुरसंचारको पहुँच मलुकको अधिकांश क्षेत्रमा पुगिसकेको छ। हामीले दुरसंचारकै प्रयोग गरेर पनि देशव्यापीरुपमा बीमासम्वन्धी सचेतना फैलाउन सक्छौँ।
पछिल्ला वर्षमा विश्वव्यापी रुपमा जलवायु परिर्वतनले विभिन्न क्षेत्रमा प्रभाव पार्दै आइरहेको छ। अहिले बीमा उद्योगले यसको जोखिमलाई कसरी लिँदै आएको छ?
हो विश्वले अहिले मौसम तथा जलवायु परिवर्तनको समस्या खेप्दै आएको छ। यसलाई टार्न सक्ने कुनै विकल्प छैन। तर केह हदसम्म हामीले चाहेको अवस्थामा पनि ल्याउन सक्छौँ। कोभिड-१९ पछिकै समयको कुरा गर्दा हामी थप जल तथा मौसम परिवर्तनको प्रभाव खेप्दै आइरहेका छौँ नी।
जोखिम र जोखिम व्यवस्थापनमा हामी सबैको दायित्व हुने भएकाले हामीले जोखिम न्युनिकरणको दायित्व पुरा गर्दै जानुपर्ने हुन्छ। अहिले जलवायु परिवर्तनको जोखिमलाई मध्यनजर गर्दै पुनर्बीमा कम्पनीले कडा नियम लागू गरिसकेका छन्। अहिले पुनर्बीमाको प्रिमियम वृद्धि भइरहेको छ। पहिले जस्तै यसबाट प्रत्यक्ष असर पर्ने भनेको त सर्वसाधरणलाई नै हो।
नेपाल विकासोन्मुख मुलुक भएकै कारण हामीले यहाँ नयाँ बजार खोज्न आवश्यक छ। आर्थिक क्रियाकाप बढीरहेका छन् र यही अनुपातमा बीमाको माग पनि वृद्धि हुँदै जाने हाम्रो विश्वास छ। हालै आएको बीमा ऐन २०७९ ले मुलुकमा बीमाको प्रवर्द्धन सँगै बीमा क्षेत्रले खेप्दै आएको घाटाको समाधान गर्न अहम भुमिका खेल्नेछ।
हामीलाई थाहै छ की मलुकको भौगोलिक संरचना अनुसार उर्जा क्षेत्रमा निकै बलियो सम्भावना छ। हामीले यस अन्तर्गत केहि जोखिमका विषयलाई अध्ययन गर्न आवश्यक छ। उर्जा परियोजना आयोजना चलिरहेको र निर्माणाधिन क्षेत्रमा मानविय वस्ती लगायत अध्ययन गर्न सकिन्छ। केहि सावधानी उपाय अपनाउँदै यस अन्तर्गत रहेका सर्वसाधरणलाई समावेश गर्दै आएका छौँ।
एनजिएफएस ‘नेटवर्क फर ग्रिनीङ द फाइनान्सियल सिस्टम’ का अनुसार हामीले हरित नव प्रवर्धन, वातावरणमैत्री कार्यालय, इ-मोविलीटी, इ-गभरनेन्स लगायत क्षेत्रमा जलवायु जोखिमको मूल्य निर्धारण गर्न सक्छौँ।
विश्वव्यापीरुपमा प्रविधिले बीमाको परिदृश्य नै रुपान्तरण गरिसकेको छ। नेपालको परिप्रेक्षमा बीमाको विस्तार र आधुनिकीकरणमा प्रविधिको भुमीका कस्तो रहने देख्नुहुन्छ?
नयाँ प्रविधिको प्राप्ति र प्रयोगमा हामी छिमेकी मुलुक भारत भन्दा पछाडी छौँ। तर नेपालसँगै दक्षिण एसीयाभरकै बैंकीङ क्षेत्रले भने प्रविधीको सदुपयोग राम्रैसँग गर्दै आएको छ। अहिले बैंकका अधिकांश ग्राहकले प्रविधिको प्रयोग गर्न थालिसकेका छन्। अधिकांशले आफ्नो कारोबार नै डिजिटल प्रणालीमार्फत गर्दै आएका छन्।
बीमा क्षेत्रको कुरा गर्दा ‘मस्लो हाइरार्की’ अन्तर्गतको मापदण्ड प्राप्त भएसँगै बीमा सुरक्षाका कहि दृष्टिकोण आवश्यक पर्न आउँछ। र यो एउटा ‘पुस-सेलिङ प्रोडक्ट’ प्रोडक्ट पनि । र अधिकांश विषयमा बीमा सेवा प्रदायकले व्यवसाय विस्तारका लागि आफ्नो दृष्टिकोण अनुसार भौतिक रुपमा सहभागिता जनाउन पर्छ। नयाँ व्यावसायीक मार्ग विस्तारका लागि हामीले ग्राहक लक्षित अत्याधुनिक प्रविधिको प्रयोग गर्ने योजना बनाएका छौँ।
आफ्नो व्यवसाय विस्तारका लागि यतिखेर भुक्तानी सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक कम्पनीले आफ्ना ग्राहक लक्षित प्रविधिको प्रयोग सुरु गरिसकेका छन्। अहिले नेपाल बीमा प्राधिकरण पनि आफ्नो यो क्षमता विस्तारका लागि अन्तिम चरणमा रहेको छ। प्राधिकरणले आफ्नो नयाँ सुचना प्रविधि निर्देशीकालाई पनि अन्तिम चरणमा पुर्याइसकेको छ।
यो तयार भएलगत्तै डिजीटल बीमा नीति कार्यन्वयनमा आउनेछ। र सरोकारवालाहरुलाई बीमा क्षेत्रतर्फको पहुँचमा थप टेवा पर्याउनेछ। यसले कागज रहित कामकारवाही प्रवर्द्धन सँगै अनावश्यक खर्च नियन्त्रण र सही दावी पुर्वानुमान गर्न सहयोग पुर्याउँछ। सडक पहुँच विस्तार नभएका नेपाली सर्वसाधरणका लागि यो प्रणाली निकै लाभदायक हुने देखिन्छ। निकट भविष्यमा डिजीटलाइजेसनले मुलुकको बीमा उद्योगलाई थप अगाडी बढाउँदै लानेछ।
बीमा उत्पादन र सेवा तर्फ ग्राहकको विश्वास र आत्मबल बढाउनका लागि बीमक संघले कस्तो भुमीका खेल्दै आएको छ?
मैले यस अघि पनि बीमा संघको काम र कर्तब्यबारे प्रकाश पारिसकेँ, बीमकका लागि उत्कृष्ट र विश्वसनीय सेवा सुनिश्चितता नै हाम्रो मुल उद्धेश्य हो। नयाँ उत्पादन र सेवाका लागि वातावरण सिर्जना गर्दै आएका छौँ। मुलुकमा स्वास्थ्य बीमाको राम्रो सम्भावना रहेको छ तर टिपीए ‘थर्ड पार्टी एड्मिनीस्ट्रेटर’ सहित अरु सहयोगी सामाग्री छैनन्।
अब बीमा कम्पनीले मात्र सबै सेवा दिन सक्छ भन्ने पनि हुँदैन। तेस्रो पक्ष मार्फत दाबी सेवा लिन सहज छ। वेब एग्रिगेटरबाट ग्राहक केन्द्रित भएर काम गर्न नसकिरहेको अवास्था छ। उनीहरु एज्नेसी रुपमा मात्र काम गर्दै आइरहेका छन्। अहिले पनि प्रारम्भिक चरणमै छन्।
हालै बीमा ऐन २०७९ जारी भइसकेको छ। अब यस अन्तर्गतको नियमको प्रतिक्षामा छौँ। एकचोटी नयाँ ऐन कार्यन्वयनमा आएसँगै अघि भनिएका सबै समस्या समाधान हुनेछ। ग्राहकको विश्वास र आत्मबल बढाउनका लागि संघ नियामक निकाय र सरकारसँग हातेमालो गर्दै अगाडी बढ्नेछ। बीमा उद्योग यही तीन क्षेत्रसँग केन्द्रित छ।
बीमा क्षेत्र प्रवर्द्धन र उत्पादन विविधीकरणका लागि कस्ता पहलहरु भइरहेका छन?
यो प्रश्नको उत्तर भन्नुपर्दा दक्षिण एशिया क्षेत्रमै बीमा उद्योगको सेवा झण्डै उस्तै रहेको छ। एउटै भिन्नता भनेको हामी शुल्क व्यवस्था र कागजी काम कारवाहीमा आवद्ध छौँ। हामीसँग सम्वद्ध अधिकांश कम्पनीको उत्पादन,अवस्था करिब उस्तै छ।
अहिले भिआइप ‘भेहिकल इन्स्योरेन्स पोलिसी’ संचालन गर्दै आएको सगरमाथा लुम्बिनी इन्स्योरेन्स साफल भएको छ। सवारीसाधन बीमा नीतिलाई कतिपय सर्वसाधरणले ‘भिआइपी’ अर्थात अति विशिष्ठ सेवा नै दिएको अड्कल गर्दै पनि आएका छन्। हामीले ‘अन द स्पट सेटलमेन्ट’ अवधारणा अन्तर्गत काम गरिरहेका छौँ। साना र कम जटील दाबीलाई प्रक्रियागत रुपमा प्राथमिकता दिनु नै नयाँपन हो।
२४ सै घण्टा आफ्नो सेवा उत्पादन वितरण गर्दै आएपछि अरु बीमक पनि आफ्नो सेवा सम्भवतः छिट्टै प्रवाह गर्न अग्रसर हुँदै आएका छन्। यो भनेको ग्राहकको विश्वास जित्नु हो। केहि वर्ष यता क्लेम सेटलमेन्टमा राम्रै सुधार देखिएको छ।
कोभिड-१९ यता ग्राहकबाट नयाँ स्वास्थ्य उत्पादनको माग आइरहेको छ। यसैलाई मध्यनजर गर्दै सगरमाथा लुम्विनी इन्स्योरेन्सले नयाँ पोलिसी सार्वजनिक गर्यो। ‘सलिको आरोग्य स्वास्थ्य बीमा’ नाम दिइएको यो पोलिसी सानो प्याकेज अधिकतम फाइदा अन्तर्गत रहेको छ। यो उत्पादनले बजारबाट राम्रै प्रतिक्रिया पायो। यो बीमाले सर्वसाधरणको व्यक्तिगत दुर्घटना, गम्भिर रोगलाई समबोधन गरेको छ।
मुलुकमा अहिले विद्युतीय सवारीसाधनको वृद्धि दिन प्रतिदिन हुँदै आएको छ। यो क्षेत्रमा बीमाको आवश्यकता सँगै गाडीमा प्रयोग हुने ब्याट्री अवमुल्यन कन्द्रित ‘भिआइपी प्लस’ नामक स्किम ल्याइएको छ।
अत्याधुनिक प्रविधिको प्रयोग गर्दै हामीले मौसम उपग्रह सहित केहि पाइलट प्रोजेक्टमार्फत अहिलेको लागत उत्पादन सुचकमा रुपान्तरण भएको छ। यी उदाहरणलाई नै सिरोपर गर्दै अरु बीमा कम्पनीले पनि बजार र ग्राहकको माग अनुसार आफ्नो नयाँ उत्पादन विस्तारमा जोड दिन आवश्यक छ।
बीमा उद्योगको विस्तार र स्थायित्वका लागि बीमा कम्पनी, नियामक निकाय र सरोकारवालाको सहकार्यमा कस्तो पहल कदमी भइरहेको छ?
सेवा प्रदायक र नियामक निकायको काम कारवाही एकै समयमा सँगसँगै हुने हो। प्राधिकरण हाम्रो अभिभावकको जिम्मवारीमा छ। अनि हामी यो क्षेत्रमा आवद्ध भएका कम्पनीको मुख्य उद्धेश्य भनेकै यो क्षेत्रको उद्धेश्य पुरा गर्नु हो। प्राधिकरण सधैं संघकै पक्षमा रहेको छ।
जब हामीलाई नयाँ उत्पादन तयारीमा प्राविधिक कठिनाइ आउँछ, कानुनी कुरामा अलमल हुन्छ तब हामीलाई सहयोग गर्ने भनेकै प्राधिकरण हो। दुवै निकायको मुख्य उद्धेश्य भनेकै बीमा क्षेत्रको विकास विस्तार नै हो।
हाम्रो नियामकीय निकाय नेपाल बीमा प्राधिकरणले एउटा प्राधिकारणको भुमीका भन्दा पनि सहजकर्ताको रुपमा हामीलाई सहयोग गर्दै आएको छ। यसका लागि हामी प्राधिकरण प्रति आभारी छौँ। प्राधिकरणसँगकै सहकार्यमा नयाँ उत्पादन विस्तारका योजना अगाडी बढाउँदै आएका छौँ।
यो फोरमले बीमकहरुको आवाज उठाउँदै आएको छ। संघले बजार माग अनुसार कृषि बीमा योजना अगाडी बढाएको थियो। तर पुनर्बीमाको कुनै सहयोग पाइएन। तर थर्ड पार्टी मोटर इन्स्योरेन्स पुल र माइक्रो इन्स्योरेन्स पुल सफल भयो। यसले जोखिमको ख्याल गर्ने मात्र नभइ नीतिगत रुपमा सर्वसाधरणकै हितका लागि काम गर्दै आएको छ।
हाम्रो अन्तर कम्पनी समन्वयात्मक मोडल ९/११ घटना सँग जोडिएको छ। जतिवेला अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीहरु नेपालमा हुलदंगा तथा आतङ्कबादको पुनर्बीमा गर्न तयार थिएनन् । नेपालमा २०५२ देखि २०६३ को अवधिमा भएको गृहयुद्धको प्रभावलाई हेर्दै हामीले अहिले पारामेट्रीक बीमा अन्तर्गत केहि पाइलट प्रोजेक्ट अगाडी बढाएका थियौं। हुलदंगा तथा आतंकबादको जोखिम संवोधन हुनुपर्ने हो तर यसका लागि पुनर्बीमा गर्न तयार थिएनन्। त्यतिखेर नेपालले ‘RSDMDST’ पुलको स्थापना गरेको थियो। जुन पछि आएर नेपाल पुनर्बीमा कम्पनीको रुपमा संचालनमा आयो।
आउँदा दिनमा नेपालमा नवीकरणय उर्जा क्षेत्रमा प्रवल सम्भावना छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १० वर्षका लागि १०,००० मेगावाटको विद्युत व्यापारको सम्झौता गरिसक्नु भएको छ ।
यसमा भारतको जनरल इन्स्योरेन्स कपोरेट ’जिआइसी’ ले पनि सहयोग गरेको छ। जिआइसीको नेतृत्व मार्फत हामी अरु विमक कम्पनीसँगको सहकार्यमा पनि पर्याप्त सहयोग गर्नेछौँ। शुल्कको कुरा गर्दा हामीले हाइड्रोपावर आयोजनाका लागि मूल्य निश्चित गरिसकेका छौँ। यसमा पुनर्बीमा कम्पनी जोखिम वहन र मूल्य निर्धारणका लागि तयार छैनन्।
बीमक संघको अध्यक्ष भएको हिसाबले निकट भविष्यमा बीमा उद्योग सँगै समग्र मुलुक विकासका लागि कस्तो दुरगामी योजना बनाउनुभएको छ?
संघले सधैं बीमा क्षेत्र लक्षित नयाँ परिवर्तनबारे अनवेषण गर्दै आएको छ र यसैलाई निरन्तरता दिँदै अगाडी बढ्नेछ। यस अन्तर्गत प्राविधिक ज्ञान, सानातीना समस्या समाधान, जलवायु परिवर्तन सम्वन्धी कार्यक्रम, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काम गर्दै आएका छौँ। जसमार्फत प्राधिकरण र राज्यलाई बीमा उद्योगमा स्वस्थ प्रतिस्पर्धा कायम गर्न सहयोग पुर्याउँछ।
मुलुक भुकम्पको जोखिममा रहेपनि सर्वसाधरणले यसमा कम चासो राख्दै आएका छन्। मोटर बीमा पनि अनिवार्य रुपमा हुँदै आएको छ। अन्य विविध बीमा पोलिसी सर्वसाधरणले कमै लिँदै आएका छन्। हामीले बीमा उद्योग विस्तारका लागि दुरगामी सोच लिएर कामकारवाही अगाडी बढाउँदे आएका छौँ।
राष्ट्रिय विमक संघले नयाँ चुनौतीको समाधान, नयाँ प्रविधिको प्रयोग, सानातिना समस्या समाधान, ज्ञान वितरण, संस्थागत सामाजिक उत्तरदायित्व, जलवायु मौसम परिवर्तन केन्द्रित कार्यक्रम बयोजना गर्दै आएको छ।
हामीले दुःखको साथीको महसुस हुने गरी सेवा दिँदै आएका छौँ। अब छिट्टो र विश्वसनीय तवरले ग्राहकलाई बीमाको दाबी भुक्तानी गर्दै अगाडी बढ्नेछौँ। किनभने बीमा दाबी भुक्तानी एकदम महत्वपुर्ण कुरा हो। हामीले ग्राहकलाई समयमै दाबी भुक्तानी गर्न सक्यौँ भने न विश्वास बढ्ने हो। र यसले बीमाको माग वृद्धि हुनका साथै समग्र अर्थतन्त्र नै सुधार हुन्छ।
सरकारले पनि यस अघि आइसकेका विपदपछिको अवस्थालाई लिएर पाठ सिक्नुपर्नेछ। यसो हुँदा भौतिक क्षति भएका सर्वसाधरणलाई पनि नोक्सानबाट माथी उठ्न सहज हुन्छ।
अहिले जीवन बीमाको पहुँच करिब ३५ प्रतिशत रहेको छ भने निर्जीवन बीमाको पहुँच करिब ९ प्रतिशत रहेको छ। बाँकी भनेका ‘ग्रे’ क्षेत्र हुन जहाँ हामी आफ्नो पहुँच विस्तार गर्नसक्छौँ। अब ज्ञान वितरणकै कुरा गर्नुपर्दा हामीले अन्तर्राष्ट्रिय सभामा पनि सहभागि हुँदै आएका छौँ। निकट भविष्यमा अन्तर्राष्ट्रिय सम्मेलनहरु पनि सञ्चालन गर्दै जाने छौं। (The Insurance Times)
प्रतिक्रिया