Nepal Life

बैंक वित्तीय संस्थाको वित्तीय विवरण हेरेर नआत्तीन नेपाल शेयरधनी संघका अध्यक्ष पाण्डेको अपिल

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Sun 10:11
बैंक वित्तीय संस्थाको वित्तीय विवरण हेरेर नआत्तीन नेपाल शेयरधनी संघका अध्यक्ष पाण्डेको अपिल
Sanima Reliance

काठमाडौं । नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले बैंक वित्तीय संस्थाको वित्तीय विवरण हेरेर नआत्तीन सम्पुर्ण लगानीकर्तालाई आह्वान गरेका छन् । अहिलेको अवस्थामा बैंक वित्तीय संस्थाको खराव कर्जा बढेर वितरण योग्य मुनाफा घटेको भन्दै यो अवस्था सधै नरहने हुँदा आत्तीएर लगानीकर्तालाई शेयर बिक्री नगर्न उनले अनुरोध गरेका छन् ।

NIMB

विश्व अर्थतन्त्रमा देखिएको मन्दिको कारण नेपालको अर्थतन्त्र पनि अछुतो रहन नसकेको हुँदा बैंक वित्तीय संस्थाको दोस्रो त्रैमाशिक प्रतिवेदनमा प्रगति हुन नसकेको उनको भनाइ छ । यसका अन्य विविध कारणहरु समेत रहेको हुँदा नेपाल राष्ट्र बैंकले समयमै आवश्यक नीतिगत पहल गर्नु पर्ने उनको भनाइ छ ।

यस्तो अवस्थामा बैंक वित्तीय संस्थाहरुले लाभांश वितरण नगरी जगेडा कोष बलियो बनाएकव भए राम्रो हुने उनको सुझाव छ । अध्यक्ष पाण्डेले भने ‘अहिलेको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुले लाभांश वितरण नगरेर रिजर्भ बलियो बनाएको भए राम्रो हुने थियो तर पनि दोस्रो त्रैमासिक विवरण हेर्दा धेरै वित्तीय संस्थाहरूको एनपीएल बढेको र वितरण योग्य नाफा घटेको देखिन्छ । यो अवस्था सधैँ समयसम्म रहिरहन्न र वर्षको अन्त्यमा संस्थाहरूले यी सबै कुराहरू व्यवस्थापन गर्न सक्छन् ।’

बजारमा बढ्दो तरलतालाई व्यवस्थापन गर्न र लगानी योग्य वातावरण बनाउन राष्ट्र बैंकको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ । अबका दिनमा राष्ट्र बैंकले यी सबै कुराहरुलाई मध्यनजर गरी नीतिगत अवरोधहरु हटाउँदै जानु पर्ने उनको सुझाव छ ।

उनले सम्पुर्ण लगानीकर्तालाई संबोधन गर्ने भने ‘अहिलेको क्षणिक कुरालाई हेरेर लगानीकर्ता साथीहरू थप प्यानिक हुनुपर्ने अवस्था छैन । यो समय लगानीको लागि उत्तम समय हो । सबै कुरा सुधार भइसकेपछि लगानीकर्ताले अहिलेको मूल्यमा कुनै पनि स्टक किन्न पाउँदैन । अहिले हरेक स्टकको मूल्य बटममा नै रहेको हुँदाआफ्नो सम्पत्ति थप गुमाउनु भन्दा केही समय होल्ड गर्नु नै बुद्धिमानी हुनेछ ।’

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया