Nepal Life

बैंकहरुको खराव वित्तीय विवरण सार्वजनिक भए सँगै शेयर बजारमा गिरावट, कारोबार रकमको बलियो साथ

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Sun 15:06
बैंकहरुको खराव वित्तीय विवरण सार्वजनिक भए सँगै शेयर बजारमा गिरावट, कारोबार रकमको बलियो साथ
Sanima Reliance

काठमाडौं । बैंक वित्तीय संस्थाहरुको खराव वित्तीय अवस्था हेरेर लगानीकर्ता निरास भएका छन् । सम्पुर्ण बैंक वित्तीय संस्थाको खराव कर्जा बढ्दा मुनाफा मात्रै घटेको छैन लाभांश दिन सक्ने क्षमता नै ऋणात्मक भएको छ । 

NIMB

बाणिज्य बैंकहरुको मुनाफा औषतमा १० प्रतिशतले घट्दा लाभांश वितरण योग्य मुनाफा ऋणात्मक छ । अर्थतन्त्रमा देखिएको सिथिलताको नतिजा बैंकहरुको कर्जा रिकभरीमा देखिन थालेको छ । समयमा कर्जा नउठ्दा बैंकहरुको खराव कर्जा बढ्दै गएको छ । खराव कर्जा बढ्ने वित्तीकै प्रोभिजनिङ गर्नु पर्ने बाध्यताले खुद व्याज आम्दानीमा सुधार हुँदा पनि मुनाफा भने घटेको छ । 

साताको पहिलो दिन नेप्से सूचक २५.६३ अंकले घटेको छ । सूचक मात्रै घटेको छैन उपसूचकमा पनि गिरावट देखिएको छ । आज ७ अर्ब ६७ करोडको खरिद बिक्री हुँदा १७७ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । शेयर बजार ओरालो झरिरहदा पनि कारोबार रकमले भने राम्रो साथ दिइरहेको छ । यदि बजार सुधार हुने लयमा गयो भने कारोबार रकम अझै धेरै बढ्ने अनुमान गरिएको छ । नेप्से सूचक २१३० अंकमा झर्दा हाइड्रोपावर र अन्य सूचकमा भने सुधार देखिएको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया