Nepal Life

शेयर बजारमा अल्पकालिन डाउनफल, बढ्दो क्रमको बजारलाई अर्थतन्त्र र बैंक वित्तीय संस्थाको विवरणले सपोर्ट गरेन

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Mon 15:03
शेयर बजारमा अल्पकालिन डाउनफल, बढ्दो क्रमको बजारलाई अर्थतन्त्र र बैंक वित्तीय संस्थाको विवरणले सपोर्ट गरेन
Sanima Reliance

काठमाडौं । लगानीकर्ताको शेयर बजार प्रतिको उत्साह केहि दिन पनि टिक्न सकेन । लगातार दुई सातामा १५३ अंकले सुधारिएको शेयर बजारले विश्राम लिदै पुनः करेक्सनको यात्रा तय गरेको बजारमा ७७ अंकको डाउनफल देखिएको छ ।  

NIMB

पछिल्लो सुधारमा जसरी हिमालयन रिइन्स्योरेन्स कम्पनी लगायतका शेयरले सपोर्ट गरेको थियो अहिले तिनै कम्पनीमा सप्लाइ आउदा बजार घट्न थालेको छ । बैंक वित्तीय संस्थामा प्रयाप्त तरलता देखिए पनि बैंक वित्तीय संस्थाले सार्वजनिक गरेका वित्तीय विवरणले लगानीकर्तालाई भने निरुत्साहित बनाएको छ । 

यहि अवस्था रहिरहने हो भने चालु आर्थिक वर्षको मुनाफाबाट कुनै पनि बैंक वित्तीय संस्थाहरु लाभांश वितरण गर्न सक्ने अवस्थामा छैनन् । यहि हिसावले खराव कर्जा बढ्दै जाने हो भने आर्थिक वर्षको अन्तयसम्ममा सबैको ५ प्रतिशत नाघ्ने छ । खराव कर्जा ५ प्रतिशत नाघ्ने वित्तीकै कसैले पनि लाभांश वितरण गर्न पाउदैनन् । 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यो अल्पकालिन रुपमा देखिएको सफर भनेका छन् । उनले बैंकहरुले छिट्टै खराव कर्जाको नकारात्मक अवस्थालाई रिकभर गर्न सफल हुने विश्वास समेत व्यक्त गरेका छन् । तर राष्ट्र बैंकले नीतिगत रुपमा केहि कदम नअपनाउने हो भने बैंकहरु अझै समस्यामा जेलिने विश्लेषकहरु बताउछन् । 

यहि अन्योलताले गर्दा नै शेयर बजारमा पछिल्ला दिनमा डाउनफल देखिएको हो । तर बजार बढ्दो क्रममा रहेको हुँदा केहि दिनको करेक्सन पछि बजारले पुन गति पक्रिने विश्लेषकहरु बताउछन् । प्रोभिजनिङ कर्जा नउठ्ने अवस्थासम्मका लागि मात्रै हुने भएकाले कर्जामा रिकभरी सुरु भए सँगै बैंकहरुले प्रोभिजनिङ हटाउदै जाने र मुनाफामा क्रमिक सुधार हुँदै जाने विश्लेषकहरु बताउछन् । 

शेयर बजारमा डाउन फलमा पनि कारोबार रकमको अनुपात बढिरहेकाले आत्तीनु पर्ने अवस्था नरहेको विश्लेषकहरु बताउछन् । यो समयमा बजार घट्नु भनेको नयाँ लगानीकर्ताका लागि अवसर हुने उनिहरुको तर्क छ । बढ्दो क्रममा रहेको बजारमा खरिद गरिएको शेयरमा पनि सहजै एभरेजिङ गर्नेदेखि लिएर राम्रा कम्पनी छानी छानी खरिद बिक्री गर्न सकिने उनिहरु बताउछन् । 

सोमबार नेप्से सूचक  ३१.४९ अंकको गिरावट सँगै २०९८.६९ अंकमा झरेको छ । एक साता अगाडी मात्रै २१२७ अंक चुमेर ओलारो झरेको शेयर बजारमा ७ अर्ब भन्दा माथिको कारोबार हुँदै आएको छ । लगानीकर्ताले शेयर बजारमा अवसर देखेर नै शेयर खरिद गरिरहेका छन् । अवको एक दुई वर्ष बजार सुधारकै लयमा रहने भएकाले कोहि पनि आत्तीनु पर्ने अवस्था नआउने लगानीकर्ताहरु बताउछन् । सोमबार ६ अर्ब ३६ करोडको कारोबार हुँदा ३६ वटा कम्पनीको शेयर मूल्यमा मात्रै सुधार देखिएको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया