Nepal Life

हिमालयन रिको शेयर नेपाल पुनर्बीमाको जति पनि नपुगी घट्यो, सर्वोच्चमा परेको मुद्दाले झस्कायो

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Mon 15:22
हिमालयन रिको शेयर नेपाल पुनर्बीमाको जति पनि नपुगी घट्यो, सर्वोच्चमा परेको मुद्दाले झस्कायो
Sanima Reliance

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर मूल्य नेपाल पुनर्बीमा कम्पनीको जति पनि नपुगी घटेको छ । सोमबार हिमालयन रिको शेयर ६८१ रुपैयाँबाट घटेर ६४६ रुपैयाँमा झरेको छ । जवकी नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य आजै ७ रुपैयाँले घट्दा पनि ७३९ रुपैयाँ कायम भएको छ । 

NIMB

नेपाल पुनर्बीमा कम्पनीकै शेयर हेरेर हिमालयन रिको शेयर उठाउनेहरु आज भने राम्रै घाटामा देखिए । दुबै पुनर्बीमा कम्पनीको मुनाफा तथा लाभांश दिन सक्ने क्षमता राम्रो छैन । तर हिमालयन रिले सर्वसाधारण लगानीकर्ता सँग १०६ रुपैयाँ प्रिमियममा ३ करोड कित्ता शेयर निष्काशन गरेको हुँदा जगेडामा प्रिमियम बापत नै ३ अर्ब भन्दा धेरै रकम सञ्चित छ । 

तर कम्पनीले प्रिमियममा शेयर निष्काशन गरेको विषयमा सर्वोच्चमा रिट निवेदन परेको छ । सर्वोच्चमा गएको मंसिर महिनामै रिट परेता पनि अहिलेसम्म सुनुवाइ हुन सकेको छ । गएको बिहीबार सुनुवाइको सूचीमा परे पनि पालो पाउन सकेन । अव आउदो बुधबार पनि सूचीमा रहेको छ । तर सुनुवाइ होला नहोला टुङ्गो छैन । 

यदि सुनुवाइ भइहाल्यो भने सर्वोच्चले कस्तो आदेश दिन्छ त्यसको पनि टुङ्गो छैन । हिमालयन रिले जसरी नेपाल धितोपत्र बोर्डलाई दुरुपयोग गर्दै कम्पनी ऐनको व्यवस्थापन भन्दा विपरित नियमावली संशोधन गरेर प्रिमियममा आइपिओ निष्काशन गर्यो यो नै भोलि गएर घातक हुने हो भन्ने संका लगानीकर्तामा छ । 

यदि सर्वोच्चले कम्पनीले सर्वसाधारण सँग उठाएको प्रिमियम रकम जस्ताको त्यस्तै फिर्ता गर्नु भनिदियो भने हिमालयन रिको लाभांश दिन सक्न क्षमता छैन । अहिले भएको जगेडाबाट कम्पनीले राम्रो लाभांश दिनै सक्दैन । यसले गर्दा पनि लगानीकर्ताहरु हिमालयन रिको शेयरमा हच्किएका हुन् । अर्को तर्फ कम्पनीले प्रिमियममा शेयर जारी गरेको हुँदा प्राथमिक शेयरधनीले नै कम्पनीको शेयर बिक्री गरिरहेका छन् । अहिले नै ४ सय भन्दा धेरै नाफा छ । कम्पनीको शेयर प्राथमिक बजारबाट १० कित्तादेखि ४० कित्तासम्म खरिद गरेका छन् । अझ वैदेशिक रोजगारमा गएका नेपालीहरुले न्युनतम ८० कित्ता भन्दा धेरै शेयर प्राप्त गरेका छन् । यसले गर्दा पनि दोस्रो बजारमा राम्रो सप्लाइ आइरहेको छ । यसरी बजारले सप्लाइ धान्न नसक्दा कम्पनीको शेयर नेपाल पुनर्बीमा जति पनि नपुगि घटेको छ । 

यदि सर्वोच्चले कम्पनीको पक्षमा फैसला गरिदियो भने मात्रै दोस्रो बजारमा नेपाल पुनर्बीमाको भन्दा धेरै मूल्य कायम गर्ने देखिन्छ । यसले गर्दा संसयमै लगानीकर्ताले शेयर बिक्री गरेर बाहिरिएका हुन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया