Nepal Life

चिन्तामणी सिवाकोटीको अध्यक्षतामा नयाँ स्टक एक्सचेन्जको आवश्यकता अध्ययन गर्न समिति गठन

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Wed 16:53
चिन्तामणी सिवाकोटीको अध्यक्षतामा नयाँ स्टक एक्सचेन्जको आवश्यकता अध्ययन गर्न समिति गठन
Sanima Reliance

काठमाडौं । नेपाल सरकारले नयाँ स्टक एक्सचेन्जको आवश्यकता सम्बन्धी अध्ययन गर्न नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर तथा हालका सञ्चालक चिन्तामणी शिवाकोटीको अध्यक्षतामा तीन सदश्य समिति गठन गरेको छ । 

NIMB

माघ ९ गते बसेको मन्त्रिपरिषदको बैठकले धितोपत्र बजार सञ्चालन गर्ने सङ्गठित संस्था सम्बन्धी अध्ययन गर्न नेपाल राष्ट्र बैङ्कका पूर्व डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठनसमेत गरेको हो । 

नेपाल धितोपत्र बोर्डले यस अगाडी नै नयाँ स्टक एक्सचेन्जको सम्पुर्ण प्रकृयाँ अगाडी बढाएको थियो । अदालतमा परेको मुद्दालाई समेत जितेको बोर्डको प्रकृयाँ सरकारमा पुगेर अड्किएको छ । 

नयाँ स्टक एक्सचेन्जका विषयमा चौतर्फी विरोध भए पछि सरकारले निर्णय गर्न सकेको छैन । निजी स्तरबाट एउटा स्टक एक्सचेन्ज र दुई वटा कमोडिटी एक्सचेन्जको लागि लाइसेन्स प्रकृयाँ अगाडी बढाइए पनि हाल दुबै किसिमका एक्सचेन्जको लाइसेन्स प्रकृयाँ मन्त्रालयमा पुगेर अड्किएको छ । 

भर्खरै विदाइ भएका बोर्डका अध्यक्ष रमेश कुमार हमालले अन्तिम समयसम्ममा पनि एक्सचेन्जको लाइसेन्स वितरण गर्ने प्रयास गरेका थिए । तर सरकारी स्वामित्वमा रहेको एक मात्रै नेपाल स्टक एक्सचेन्जको व्यवसायमै धक्का पुर्याउने गरी निजी स्तरबाट एक्सचेन्ज वितरण गर्न लागिएको भन्दै चौतर्फी विरोध हुँदै आइरहेको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया