Nepal Life

मारुती सिमेन्टले प्रिमियममा तीन अर्ब २१ करोडको आइपिओ निष्काशन गर्ने, धितोपत्र बोर्डमा दियो निवेदन

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Fri 14:59
मारुती सिमेन्टले प्रिमियममा  तीन अर्ब २१ करोडको आइपिओ निष्काशन गर्ने, धितोपत्र बोर्डमा दियो निवेदन
Sanima Reliance

काठमाडौं । मारुती सिमेन्टले प्रिमियम सहित २७७ रुपैयाँको दरमा एक करोड १६ लाख कित्ता आइपिओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र सर्वसाधारण दुबैका लागि प्रति कित्ता १७७ रुपैयाँ प्रिमियम थप गरि २७७ रुपैयाँको दरमा आइपिओ निष्काशनको अनुमति माग गरेको हो । 

 

NIMB

कम्पनीले प्रिमियममा एक करोड १६ लाख कित्ता शेयर जारी गरि सर्वसाधारण लगानीकर्ताबाट तीन अर्ब २१ करोड ३२ लाख रुपैयाँ संकलन गर्ने छन् । जसबाट कम्पनीको शेयर पूँजीमा एक अर्ब १६ करोड गणना हुनेछ भने जगेडा कोषमा २ अर्ब ४ करोड जम्मा हुनेछ । कम्पनीको प्राथमिक शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा नविल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।  

नेपाल गुणस्तर विभागबाट सम्पूर्ण मापदण्ड प्रमाणित गर्दै मारुती सिमेन्ट सर्बशाक्तिशाली ५३ ग्रेडको गुणस्तरीय ओपीसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी हो । 

मारुती सिमेन्ट आज भन्दा १७ वर्ष अगाडि नेपालकै पहिलो तथा निजी स्तरको सबैभन्दा ठूलो सिमेन्ट उत्पादन गर्ने स्वदेशी उद्योगको रूपमा स्थापना भएको थियो । पूर्वाञ्चलको उदयपुर पहाडी रेन्जमा रहेको आफ्नै चुनढुङ्गा खानीबाट अत्याधुनिक जर्मन टेक्नोलोजीद्वारा अन्तर्राष्ट्रिय स्तरको सर्वोत्कृष्ट ओपीसी सिमेन्ट (मारुती सिमेन्टको उत्पादन भइरहेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया