Nepal Life

हाइड्रोपावरमा लगानी गर्ने बरुण इन्भेष्टमेन्टले आइपिओ निष्काशन गर्ने, धितोपत्र बोर्डमा दियो निवेदन

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Fri 15:27
हाइड्रोपावरमा लगानी गर्ने बरुण इन्भेष्टमेन्टले आइपिओ निष्काशन गर्ने, धितोपत्र बोर्डमा दियो निवेदन
Sanima Reliance

काठमाडौं । हाइड्रोपावर कम्पनीमा लगानी गर्ने बरुण इन्भेष्टमेन्टले नेपाल धितोपत्र बोर्डमा प्राथमिक शेयर निष्काशनको अनुमति माग गर्दै निवेदन दिएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि २४ लाख ७५ हजार कित्ता शेयर निष्काशनको अनुमति माग गरेको छ ।

NIMB

कम्पनीले आधार मूल्यमै २४ करोड ७५ लाख रुपैयाँको आइपिओ निष्काशन गर्ने भएको हो । धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

बरुण इन्भेष्टमेन्ट एसजी ग्रुपको सहायक कम्पनीहो । बरुण इन्भेष्टमेन्टले नविकरण उर्जा तथा विशेषगरी जलविद्युत कम्पनीमा लगानी गर्दै आइरहेको छ । कम्पनीले हालसम्म ४१.०६ मेगावाट क्षमताको गुरास हाइड्रो, ३८.४६ मेगावाटको सनिहल हाइड्रो, १५.३३ मेगावाट क्षमताको कलगा हाइड्रो र १०.७ मेगावाट क्षमताको बुङ्गल हाइड्रोपावरमा लगानी गरेको छ ।

यो केबल इन्भेष्टमेन्ट कम्पनी मात्रै हो । यसमा २१ जना प्रमुख लगानीकर्ताहरुको शेयर स्वामित्व रहेको छ । कम्पनीको अध्यक्षमा शिव प्रसाद घिमिरे रहेका छन् । संस्थाप घिमिरे १९९६ देखि समुहलाई नेतृत्व गर्दै आइरहेका छन् । उनि नेपाल चेम्बर अफ कमर्सका कार्यकारी सदश्य हुन् । यस समुहको नेतृत्वमा सुदिप घिमिरे, सुगम घिमिरे, श्वेता दाहाल रहेका छन् । यस समुहले व्यापार, उत्पादन तथा प्रशोधनमुलक कम्पनी, एलपिजी ग्याँस, सेवा तथा हस्पिटालिटी क्षेत्र, कृषि, सञ्चारम माध्यम, बैंकिङ तथा शिक्षा क्षेत्रमा लगानी गर्दै आइरहेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया