Nepal Life

प्रिमियममा आइपिओ निष्काशन गर्न श्री डिष्टिलरीले दोस्रो पटक साधारणसभाबाट आइपिओको प्रस्ताव पारित गर्दै

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Sat 09:14
प्रिमियममा आइपिओ निष्काशन गर्न श्री डिष्टिलरीले दोस्रो पटक साधारणसभाबाट आइपिओको प्रस्ताव पारित गर्दै
Sanima Reliance

काठमाडौं । श्री डिष्टिलरीले प्रिमियममा आइपिओ निष्काशन गर्न दोस्रो पटक साधारणसभाबाट आइपिओ निष्काशनको प्रस्ताव लैजाने भएको छ । कम्पनीले गएको बैशाख ९ गते सम्पन्न गरेको प्रथम वार्षिक साधारणसभाबाटै आइपिओ निष्काशन गर्ने प्रस्ताव पारेित गरेको थियो । 

NIMB

प्रथम वार्षिक साधारणसभाबाट प्रिमियममा आइपिओ निष्काशन गर्न नमिले पछि कम्पनीले दोस्रो पटक आगामी फागुन चार गते दोस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ । दोस्रो वार्षिक साधारणसभाले प्रिमियममा आइपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । 

साधारणसभामा संस्थापक र सर्वसाधारणलाई बिक्री गरिने सेयर प्रतिशत संशोधन गरी नियमावली संशोधन गर्नेछ । साथै कम्पनीको सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आव २०७९/८० को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाब र आव २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन सहितको सम्पुर्ण वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्नेछ । सभाले आर्थिक वर्ष का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि पारित गर्ने एजेण्डा रहेको छ ।

श्री डिष्टिलरी सन् १९८० मा स्थापना भएको नेपाली मदिरा उद्योगमा प्रख्यात नाम हो । सुरुमा ४ वटा ब्राण्डको मात्रै स्वदेशी मदिरा उत्पादन गर्दै आएको श्री डिस्टिलरीले व्यापारको वृद्धिसँगै प्रतिस्पर्धासँगै रेक्टिफाइड स्पिरिट बाहेक एक्स्ट्रा न्यूट्रल अल्कोहल पनि उत्पादन गर्न थालेको थियो । कम्पनीले स्वदेशी मदिरा र ह्विस्की/रम जस्ता विदेशी मदिराका १४ भन्दा बढी ब्राण्ड उत्पादन गर्दै आइरहेको छ । माउन्ट एभरेष्ट ह्विस्की र किंग्स प्राइड विदेशी मदिरा क्षेत्रका प्रिमियम ब्रान्डहरू हुन्। माउन्ट एभरेष्ट ह्विस्की पनि जर्मनीमा समेत निकासी भएको ब्राण्ड हो । स्वदेशी मदिराको प्रमुख ब्रान्ड कारभानले पनि उल्लेखनीय बजार हिस्सा हासिल गर्न सफल भएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया