Nepal Life

सूचक र कारोबार रकममा क्रमिक सुधार, उत्साहित हुँदै शेयर लगानीकर्ता

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Mon 15:10
सूचक र कारोबार रकममा क्रमिक सुधार, उत्साहित हुँदै शेयर लगानीकर्ता
Sanima Reliance

काठमाडौं । शेयर बजारमा सूचक र कारोबार रकम दुबैमा क्रमक सुधार देखिएको छ । गएको साता सुस्ताएको शेयर बजार यस साता भने जुरमुराएको छ । सोमबार नेप्से सूचक १०.२६ अंकले बढेर २१०४.७२ अंक पुगेको छ ।

NIMB

कारोबार रकम ४ अर्ब ५६ करोडको हुँदा १५० वटा कम्पनीको शेयर मूल्यमा सुधार भएको छ भने ८६ वटाको घटेको छ । बाणिज्य बैंक, माइक्रोफाइनान्स र निर्जीवन बीमाको सूचकमा गिरावट आए पनि बाँकी सूचकमा सुधार देखिएको छ । आज सर्वाधिक धेरै सुधार अन्य र जलविद्युत कम्पनीमा देखिएको छ । युनियन हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । हिमालयन लाइफको शेयर मूल्यमा सुधार सँगै कारोबार रकम पनि ६० करोड १६ लाख नाघेको छ ।

शेयर बजारमा सुधार हुँदा लगानीकर्ता उत्साहित हुँदै गइरहेका छन् । अवका दिनमा बजार बढ्दो क्रममै अगाडी बढ्छ भन्ने मनोविज्ञानले पनि लगानीकर्ताको कारोबार बढिरहेको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया