Nepal Life

रिलायन्स स्पिनिङ मिल्सको आइपिओमा आवेदन दिन ४१ हजार ४० रुपैयाँ जोहो गर्नु पर्ने, एक कित्ताकै ८२०.८० रुपैयाँ पर्ने

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Mon 15:56
रिलायन्स स्पिनिङ मिल्सको आइपिओमा आवेदन दिन ४१ हजार ४० रुपैयाँ जोहो गर्नु पर्ने, एक कित्ताकै ८२०.८० रुपैयाँ पर्ने
Sanima Reliance

काठमाडौं । रिलायन्स स्पनिङ मिल्सको आइपिओ सर्वसाधारण लगानीकर्ताको पहुँच भन्दा बाहिर हुने भएको छ । लगानीकर्ताले कम्पनीको आइपिओमा आवेदन दिनैका लागि न्युनतम ४१ हजार ४० रुपैयाँ जोहो गर्नु पर्ने भएको हो ।

NIMB

आइपिओमा १० कित्ताको मात्रै आवेदन दिने बानी परेका लगानीकर्ताले बुक विल्डिङ विधिबाट निष्काशन भएको प्राथमिक शेयरमा न्यनुतम ५० कित्ताको लागि आवेदन दिनु पर्नेछ । त्यसमा पनि एक कित्ताकै ८२०.८ रुपैयाँ पर्ने भए सँगै एउटा लगानीकर्ताले रिलायन्स स्पिनिङ मिल्सको आइपिओका लागि ४१ हजार ४० रुपैयाँ जोहो गर्नु पर्ने भएको हो ।

कम्पनीले संस्थागत लगानीकर्ताका लागि आह्वान गरेको बोलकबोलमा कट अफ प्राइस नै ९१२ रुपैयाँ कायम हुने भएको छ । बुक विल्डिङ विधि मार्फत आइपिओ निष्काशन गर्दा कट अफ प्राइममा १० प्रतिशत डिस्काउन्टमा आइपिओ निष्काशन गर्नु पर्ने व्यवस्था छ । कम्पनीले संस्थागत लगानीकर्ताका लागि न्युनतम ६०८ रुपैयाँदेखि अधिकतम ९१२ रुपैयाँको सिमा तोकेको थियो । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया