Nepal Life

दुई पुनर्बीमा कम्पनीले उचाल्यो शेयर बजार, १४ अंकको सुधारमा साढे ५ अर्बको कारोबार

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Tue 15:08
दुई पुनर्बीमा कम्पनीले उचाल्यो शेयर बजार, १४ अंकको सुधारमा साढे ५ अर्बको कारोबार
Sanima Reliance

काठमाडौं । दुई साता अगाडी हिमालयन रिइन्स्योरेन्स सहित केहि आइपिओले उचालेको शेयर बजार यस साता पुनः दुई पुनर्बीमा कम्पनीको शेयरले उचालेको छ । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीको क्यापिटल बढाउने हल्लाले हिमालयन रि र नेपाल रि दुबैको शेयर मूल्यमा सुधार देखिएको छ ।

 

NIMB

टप टेन बजारीकरण भित्र पर्ने दुई कम्पनीको शेयर मूल्यमा सुधार आउदा समग्र शेयर बजारमै सुधार देखिएको हो । दोस्रो बजारमा अझै पनि लगानीकर्ताको कन्फिडेन्स छैन । सानो करेक्सनले पनि आत्तीने प्रवृत्तीले बजार माथि जान सकेको छैन । अर्थतन्त्रका सूचकमा क्रमिक सुधार आइरहेको भनिरहदा पनि लगानीकर्ताको भने कन्फिडेन्स बढ्न सकेको छैन ।

तीन महिनाको अवधिमा १८२६ अंक सम्म तल झरेर २१७५ अंक पुगेर करेक्सन भएको शेयर बजार २०८४ सम्म मात्रै झर्यो । यसले पनि शेयर बजार बुलिस ट्रेण्डमा अगाडी बढेको पुष्ठी गर्छ । यस पटकको उचारचढावमा दुई पुनर्बीमा कम्पनी खेलाडी बनेका छन् ।

मंगलबार नेप्से सूचक १४.८८ अंकले बढेर २११९.६१ अंकमा रोकिएको छ । आज कारोबार सुरु भएदेखि नै सुधार हुन थालेको थियो । लगातार तीन कारोबार दिनमा ३५ अंकले बढेको छ । आज सूचक सँगै कारोबार रकम पनि ५ अर्ब ५४ करोड नाघेको छ । ४ अर्ब भन्दा तल झरेको कारोबार रकममा क्रमिक रुपमा सुधार भइरहेको छ ।

आज १५२ वटा कम्पनीको शेयर मूल्य बढ्दा ८५ वटाको घटेको छ । चन्द्रगिरी, समाज लघुवित्त, रावा इनर्जी डेभलपमेन्टको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । हिमालयन रि, ङादी ग्रप पावर र नेपाल पुनर्बीमाको सर्वाधिक धेरै कारोबार भएको छ । हिमालयन रिको मात्रै ७५ करोड २७ लाखको कारोबार भएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया