NIMB Header 2
Nepal Life

सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट सम्पन्न, वैदेशिक रोजगारमा गएकाले पाए ५० कित्तासम्म

National Life
  • BFIS News
  • 2024 Jan 31 11:10
सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट सम्पन्न, वैदेशिक रोजगारमा गएकाले पाए ५० कित्तासम्म
Sanima Reliance

काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो।

Shikhar
NIMB

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो। कम्पनीले गत पुस २५ गतेदेखि माघ १० गतेसम्म नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा २ लाख ६७ हजार कित्ता शेयर निष्काशन गरेको थियो।

सो शेयरमा कुल ३३ हजार ८२४ जनाले २१ लाख ३९ हजार २२० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए। जसमध्ये १४ आवेदन रद्द भएको छ भने ३३ हजार ८१० आवेदन स्वीकृत भएको छ। स्वीकृत आवेदनमध्ये ५ हजार ३४० आवेदकलाई ५० कित्ताका दरले कम्पनीको शेयर बाँडफाँट गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया