Nepal Life

प्रतिफल दिन नसक्ने कम्पनीहरुलाई प्रिमियम र बुक विल्डिङ विधिबाट पैसा असुल्ने काम बन्द गर्नु पर्छ

Global Ime detail Page
  • घनश्याम पाण्डे
  • 2024 Feb Sat 02:12
प्रतिफल दिन नसक्ने कम्पनीहरुलाई प्रिमियम र बुक विल्डिङ विधिबाट पैसा असुल्ने काम बन्द गर्नु पर्छ
Sanima Reliance

काठमाडौं । नेपालको अर्थतन्त्रमा पूँजीबजारको योगदानलाई मध्यनजरगरि पूँजीबजार मैत्रि नीति अवलम्बन गर्नुपर्ने आवश्यकता छ। समग्ग्र अर्थतन्त्रको मेरूडण्ड र ऐनाको रूपमा रहेको  पूँजीबजारमा नीतिगत सुधार नहुदासम्म अर्थतन्त्र चलायमान हुन सक्दैन। नेपालको पूँजी बजार अन्य देशको तुलनामा अन्डरभ्यालु हुँदाहुँदै पनि बजारले गति लिन नसकेको अवस्थामा तत्काल नीतिगत सुधार खोजिरहेको देखिन्छ ।

NIMB

बजारमा स-साना करेक्सनहरू आउँछन् नै । यसलाई लगानीकर्ताले थप लगानीको अवसरको रुपमा बुझ्नु जरुरी हुन्छ।  विगत दुई वर्षदेखि नेपालको पूँजी बजार करेक्सनकै फेजमा छ।  अब बजारमा करेक्सनको फेज सकिएको हुनाले अबका दिनमा बजारले बिस्तारै गति लिनेमा दुई मत छैन।

बजारमा अल्पकालीन लगानीकर्ताको हावी, सामाजिक सञ्जालको गलत ढङ्गले प्रयोग गरी  प्राविधिक पक्षलाई मात्र हेरेर अल्पकालीन लगानी गर्ने प्रवृत्ति हावी भएको कारण नेपालको सेयर बजार माथि जान सकेको छैन तापनि देशको अर्थतन्त्रका मौलिक पक्षहरू बलियो हुँदै गएको अवस्थामा पूँजीबजारले पनि आफ्नो लय समाउनेछ ।

बजारलाई थप उचाइमा पुर्याउनको लागि नियमक निकायबाट तपसिल बमोजिमका कार्यहरू तत्काल गर्नुपर्ने देखिन्छ।

१ विगत महिनादेखि पूँजीबजारमा कम्पनीहरूको सेयर आपूर्ति  व्यापक रुपमा आएको तर धितोपत्र बोर्डले बजारमा  शेयरको माग बढाउने सम्बन्धमा ठोस कार्य गरेको  नदेखिएकोले तत्काल शेयरको माग बढाउने नीतिगत कार्यहरु गर्नुपर्ने । जस्तै, नेपालको स्टक मार्केटमा गैरआवासीय नेपालीहरुलाई प्रवेश गराउनको लागी तत्काल नीतिगत व्यवस्था गरी उनीहरुलाई सहज रूपमा लगानी गर्ने वातावरण सिर्जना गर्ने तर्फ ठोस कार्य गर्ने । बैंक तथा वित्तीय संस्थाहरूलाई कोर क्यापिटलको निश्चित प्रतिशत रकम पूँजी बजारमा लगानी सक्ने नीतिहरू बनाउने ।

२ देशको अर्थतन्त्रलाई  चलायमान बनाउने  एकमात्र क्षेत्र पूँजीबजार रहेको हुँदा  नेपाल राष्ट्र बैंकले शेयरधितो कर्जामा लगाइएको १५।२० करोडको सीमा तत्काल हटाउनु पर्दछ। यसले बजारमा ठूला लगानीकर्ताको प्रवेश हुन्छ र बजारलाई माथि पुर्‍याउन मद्दत गर्छ ।

३ मार्जिन कर्जा (Margin Loan) मा रहेको जोखिम भार १००%  मा झार्नु पर्छ । लगानीकर्ताले धितोपत्र दलालमार्फत नै मार्जिन काराेवार एवं कर्जा सुविधा प्राप्त गर्नका लागी सम्पूर्ण कर्जा प्रदायक बैंक तथा बित्तिय संस्थाहरुले धितोपत्र दलालमार्फत नै कर्जा प्रदान गर्ने ब्यबस्था गरेमा  बजार माथि उठ्ने सम्भावना हुन्छ।

४ कुनैपनि कम्पनीको हकप्रद शेयर अधिकार कुण्ठित गर्न नहुने तर, हकप्रद शेयर कम्पनीको नेटवर्थ र व्यवसायिक योजना (business plan)का आधारमा  स्वीकृत गर्नुपर्ने । Negative Net worth भएका कम्पनीहरुलाई Right share जारी गर्न निरुत्साहित गर्नुपर्दछ ।

५ हाइड्रोपावर कम्पनीहरूमा कम्पनीको लकिङ पिरियड समाप्त भएपछि अत्यन्त बढी सप्लाई आएको हुनाले प्रमोटरहरूको  निश्चित प्रतिशत सेयर प्रमोटरलाई नै र केही प्रतिशत मात्र सर्वसाधारणलाई बेच्न सक्ने नीतिगत प्रावधान गर्नुपर्दछ।

६ सरकार तथा नियमक निकायहरूबाट पूँजीबजारलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन जरुरी छ। पूँजीबजार देशको अर्थतन्त्रको ऐना हो यसलाई सानोसानो कुराले पनि प्रभाव पार्छ। पूँजी बजारलाई प्रभाव पार्ने कुराहरू र नीतिगत अस्थिरतालाई सरकारले दीर्घकालीन रुपमा हटाउनुपर्ने हुन्छ।

७ प्रिमियम र बुकबिल्डिङ विधिबाट आइपिओ निकाल्ने नीतिगत प्रावधानलाई समीक्षा गरी सुधार गर्नुपर्ने देखिन्छ । लगानीकर्तालाई तत्काल प्रतिफल दिन नसक्ने र घाटामा रहेका  कम्पनीहरूको प्रिमियम र बुक बिल्डिङ विधिबाट पैसा असुल्ने काम तत्काल बन्द गर्नुपर्दछ।

(घनश्याम पाण्डे नेपाल सेयरधनी संघका अध्यक्ष हुन् ।)

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया