Nepal Life

हरेक बुलमा नयाँ कम्पनीको शेयर किन  नसोचेको बढ्छ ?

Global Ime detail Page
  • सुवास कार्की
  • 2024 Feb Sat 09:34
हरेक बुलमा नयाँ कम्पनीको शेयर किन  नसोचेको बढ्छ ?
Sanima Reliance

काठमाडौं । हरेक बुलमा नयाँ कम्पनीको शेयर कसैले पनि अनुमान गरेको भन्दा फरक हिसावले बढ्छ । यस भन्दा अघिल्लो बुलमा कहिल्यै पनि नबढ्ने कम्पनीमा अत्याधिक सुधार देखियो । यसका साथै केहि यस्ता नयाँ कम्पनी आए जसले बजारमा तहल्का पिट्यो ।

NIMB

अघिल्लो बुलमा नेपाल पुनर्बीमा कम्पनीको शेयर नसोचेको हिसावले बढ्यो । यस बुलमा हिमालयन रिको शेयर बढिरहेको छ । यसका विभिन्न कारणहरु छन् जसले गर्दा नयाँ कम्पनीको शेयर मूल्य हामीले सोचेको भन्दा धेरै बढ्ने गर्छ ।

नयाँ कम्पनीहरुका कतिपय कुराहरु रहस्यमय हुन्छन् । जसले गर्दा यसमा केहि त होला भन्ने हिसावले पनि हामीलाई पनि पर्छ । अर्को कारण हरेक बुलमा नयाँ लगानीकर्ता आउछन् । उहाँहरुलाई नयाँ आइपिओ बारेमा मात्रै धेरै जानकारी हुन्छ । जसलाई जुन कम्पनीको विषयमा धेरै थाहाँ छ त्यहि कम्पनीलाई नै स्क्रिप्ट बनाउने हो । यसले गर्दा खेलाडीलाई पनि बायरको कमि हुँदैन । यसमा ठुला खेलाडीले राम्रो सँग चलायमान बनाइदिन्छन् ।

अर्को तर्फ खेलाडीलाई नयाँ फन्डा निकालेर मार्केटिङ गर्न सजिलो हुन्छ । कसैको ठुलो होल्डिङ नहुने हुँदा मथिल्लो मुल्यमा सट खाने डर हुदैन ।  नयाँ कम्पनी हुने भएकाले बजार मूल्य बढाउने नियतका साथ कम्पनीकै सञ्चालक तथा अन्य ठूला प्लेयरले हकप्रद तथा बोनसको राम्रै हल्ला मच्चाउछन् । मानौ कि कम्पनीले सुनकै अन्डा दिदैछ ।

नयाँ लगानीकर्ताहरु पनि सामाजिक सञ्जाल फेसबुकका विभिन्न ग्रुपहरुमा आफै मार्केटिङ गर्न थाल्छन् । अव बुम बुम भन्दै हल्ला मच्चाउदा अर्कै माहोल बन्दै जान्छ ।

तर शेयर बजार निर्दयी छ हरेक बुलमा नयाँ र सोझा लगानीकर्ताहरु छिट्टै धनी बन्ने सपना देखेर क्षणभरमा गरीव भएर निस्कन्छन् । यसले गर्दा हल्लाकै भरमा झिट्टै कमाउने धाउन्नमा नयाँ कम्पनीमा मात्रै झुम्मिनु त्यति सहज नहुन सक्छ । त्यसैले पोर्टफेलियो म्यानेजमेन्ट गर्दै राम्रा राम्रो कम्पनीहरु छनोट गर्नुमै लगानीकर्ताको भलाइ हुन्छ ।

केहि दिन कमाए भन्दैमा हुँदैन । शेयर बजारमा त्यो लगानीकर्ता सफल हुन्छ जसले उपयुक्त समयमा शेयर खरिद बिक्री गर्न सक्छ । तर हाम्रो बजारमा बत्तीमा पुतली झुम्मिए जसरी कारोबार हुन्छ । कतिवेला आफै डढिन्छ पत्तो हुँदैन । त्यसैले बजारलाई बुझेर अध्ययन गरेर लगानी गर्नु नै बुद्धिमता हुन्छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया