NIMB Header 2
Nepal Life

मेरो किसान लिमिटेडको आईपीओ जारी गर्न प्रभु क्यापिटलसँग सम्झौता

IME LIFE
  • BFIS News
  • 2026 Mar 18 05:57
मेरो किसान लिमिटेडको आईपीओ जारी गर्न प्रभु क्यापिटलसँग सम्झौता
United Ajod

काठमाडौं, २०८२ चैत २ — मेरो किसान लिमिटेडले सर्वसाधारणका लागि सेयर (आईपीओ) जारी गर्ने तयारी स्वरूप प्रभु क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ। उक्त सम्झौता प्रभु क्यापिटलको कमलादीस्थित कार्यालयमा सम्पन्न भएको हो।

Nepal Life
NIMB

कृषि क्षेत्रमा प्रविधिको प्रयोगमार्फत सुधार ल्याउने उद्देश्यले स्थापना गरिएको मेरो किसानले बीउ उत्पादन, बाली संकलन, भण्डारण, वितरण तथा डिजिटल प्लेटफर्ममार्फत कृषिजन्य उत्पादन उपभोक्तासम्म पुर्‍याउने काम गर्दै आएको छ। कम्पनीले किसानसँग प्रत्यक्ष सहकार्य गर्दै कृषि मूल्य शृङ्खलालाई सुदृढ बनाउने लक्ष्य राखेको छ।

प्रभु क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी दिइएपछि पूँजी बजारमार्फत कम्पनीलाई सर्वसाधारणसँग जोड्ने र कृषि क्षेत्रमा लगानी आकर्षित गर्ने विश्वास गरिएको छ।

कम्पनीले चितवनको पटिहानी क्षेत्रमा ३.५ बिगाहा जग्गा खरिद गरी कृषि प्रशोधन केन्द्र तथा डेरी उद्योग स्थापना गरिरहेको छ। चालु आर्थिक वर्षभित्र प्रशोधन केन्द्र पूर्ण रूपमा सञ्चालनमा ल्याउने तथा आगामी आर्थिक वर्षको पहिलो त्रैमासिकभित्र डेरी उद्योग सञ्चालन गर्ने योजना रहेको कम्पनीले जनाएको छ।

सम्झौता कार्यक्रममा मेरो किसानका तर्फबाट अध्यक्ष विष्णुमणि गौतम, प्रबन्ध निर्देशक अभिनाश सिलवाल, निर्देशकहरू सुनील थापा र सन्तोष बस्तेत सहभागी थिए। त्यस्तै प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक आशीष गौचन, प्रमुख व्यवसाय अधिकृत बसु थपलिया र विशेष लगानी कोष प्रमुख सुदीप हरि धुंगाना उपस्थित रहेका थिए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया