Nepal Life

शेयर बजार किन सुधार हुन सकिरहेको छैन ? यस्ता छन् कारण

Global Ime detail Page
  • नारद माणि घिमिरे
  • 2024 Feb Sat 10:33
शेयर बजार किन सुधार हुन सकिरहेको छैन ? यस्ता छन् कारण
Sanima Reliance

काठमाडौं । सुधारोन्मुक बजारमा केहि समयदेखि ब्रेक लागिरहेको छ । पछिल्लो तीन महिनाको अवधिमा नेप्से सूचक गएको वियरिस ट्रेण्डको सर्वाधिक तल्लो विन्दु १८२६ सम्म तल झरेर २१७५ सम्म पुग्यो । यस अवधिमा ३४९ अंकले बढेको शेयर बजार तीन सातादेखि लगातार घटिरहेको छ । यसै क्रममा १०८ अंकले घट्यो ।

 

NIMB

सर्वाधिक तल्लो विन्दुबाट हेर्ने हो भने अझै पनि २४१ अंकको सुधार देखिन्छ । शेयर बजारमा २२ सयको अवरोध धेरै नै बलियो देखिदै आएको छ । समग्र अर्थतन्त्र सुधार हुँदै गइरहेको तथा बजार धेरै नै तल्लो विन्दुमा झरेको हुँदा पहिलो चरणमा राम्रै सुधार देखियो । तर उक्त सुधारले निरन्तरता भने पाउन सकेको छैन ।

ठुला उद्योगी व्यापारी साथ साथै ब्रोकरहरु हुण्डी कारोबारमा पक्राउ पर्दा यसको प्रभाव शेयर बजारमा देखिएको छ । यसका साथै बैंक वित्तीय संस्थाको दोस्रो त्रैमाशिक वित्तीय विवरणले पनि लगानीकर्ता हच्किएका छन् । तीन महिनाको अवधिमा देखिएको ३४९ अंकको सुधारमा लगानीकर्ताले नाफा बुक गर्दा सप्लाइ बढेको छ ।

अपर तामाकोशीको नविकेको हकप्रद शेयरको अक्सनमा लगानीकर्ताको ७ अर्ब भन्दा धेरै रकम फसेको छ । अक्सन मार्केटमा अझै पनि अनलाइन प्रविधिको प्रयोग हुन सकेको छैन ।

शेयरमा सबैभन्दा ठुलो हिस्सा ओगटेको बैंक वित्तीय संस्थाको शेयरमा लगानीकर्ताको विश्वास घटिरहेको छ । बाणिज्य बैंकको शेयर सप्लाइ छ । लघुवित्त वित्तीय संस्थाको सप्लाइ कम भए पनि नेपाल राष्ट्र बैंकको नीतिले लगानीकर्ता निरास छन् । साथ साथै अर्थतन्त्रमा देखिएको समस्याको प्रभाव खराव कर्जामा देखिएको छ । उसै त राष्ट्र बैंकले लाभांशमा कडाइ गरिरहेको अवस्थामा अधिकाम्स लघुवित्त खराव कर्जाकै कारण लाभांश दिन नसक्ने अवस्थामा छन् ।   

शेयर बजारमा मनोविज्ञानले धेरै ठुलो प्रभाव पार्छ । कारोबार अवधिमै बजारमा नाम चलेका विज्ञहरुले बजार घटाउन मुद्दत पुग्ने गरि राखेका स्टाटसले पनि लगानीकर्ताको मनोबल कमजोर बनाउने गरेको छ । बजारमा इन्भेष्टर भन्दा ट्रेडर हाबी देखिन्छ । बजारलाई दीगो बनाउन लगानीकर्ता र ट्रेडर दुबैको सक्रियता आवश्यक छ । ट्रेडर मात्रै हाबी हुँदा साना साना समाचारले पनि छिट्टै सप्लाइ आउछ ।

बजारमा सर्वाधिक धेरै बजार पूँजीकरण बनाएका हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, निफ्रा, नेपाल टेलिकम, ग्लोबल आइएमई बैंक जस्ता कम्पनीको शेयर मूल्यमा बृद्धि नहुँदा समग्र शेयर बजारकै सुधारमा प्रभाव पारेको छ ।

बजारमा २२ सयको मनोगत रेखालाई पार गर्न नसक्दा लगानीकर्ताहरु अझै पनि पर्ख र हेरको अवस्थामा छन् । शेयर बजारका यस्तै विषयमा सञ्चार माध्यमहरु पत्रपत्रिका, अनलाइन, सामाजिक सञ्जाल, क्लब हाउस आदी मार्फत भ्रम सिर्जना गर्ने काम भइरहेको छ । बजार नबुझेका व्यक्तिहरुले पनि मनलाग्दी धारणा राख्दा यस्तो अवस्था आएको हो ।

बजारमा हल्लाको भरमा मात्रै होइन टेक्निकल विश्लेषण गरेर पनि लगानी गर्नेको संख्या बढ्दो छ । ठुलो संख्यामा प्राविधिक विश्लेषकहरुको हाबी हाबी हुँदा बजार प्रभावित हुने गरेको छ ।  

यसका साथै शेयर बजार पनि सरकारको अस्थिर नीतिको सिकार बनिरहेको छ । करका विषयमा सरकारले लिने कतिपय अडानले गर्दा लगानीकर्ताको मनोविज्ञान कमजोर बन्दै गएको छ । मर्जर, एफपिओ, हकप्रदबाट भएको आम्दानीलाई वार्गेन पर्चेज गेनको रुपमा कर असुली गर्दा कयौ सूचिकृत कम्पनीहरुले राज्यलाई अर्बौ रुपैयाँ तिर्नु पर्यो ।

राष्ट्र बैंकले शेयरधितो कर्जामा केहि खुकुलो पार्ने नीति लिए पनि ठुला लगानीकर्ताका लागि यो प्रयाप्त छैन । शेयर बजारमा सुधारका लागि साना ठुला दुबै किसिमका लगानीकर्ताको उत्तीकै सक्रियता आवश्यक पर्छ । साना लगानीकर्ताका लागि शेयरधितो कर्जा प्रयाप्त छ तर ठुला लगानीकर्ताका लागि यो एकदमै अपुग छ । यसले गर्दा शेयरधितो कर्जामा लाग्दै आएको १५/२० करोडको सिमालाई पुर्ण रुपमा हटाउनु पर्छ ।  

शेयर खरिद बिक्रीका क्रममा कतिपय ब्रोकरले नियमित लगानीकर्तालाई उधारोमा शेयर खरिद गर्न दिने र बिक्री गरेरै सेटल गर्न दिने गरेका छन् । यसो गर्दा बजारमा छिटो सप्लाइ आउछ । बजार थोरै मात्रै नकारात्मक देखिदा पनि बिक्री गरेर सल्टाउने प्रवृत्तीलाई रोक्नु पर्छ ।

नेपालको अर्थतन्त्रमा अझै पनि अनौपचारिक क्षेत्रको योग्दान धेरै छ । अनौपचारिक क्षेत्रको लगानी घरजग्गा जस्ता क्षेत्रमा ल्याण्डिङ हुन्छ । तर घरजग्गामा चरम मन्दी छ । धेरै लगानीकर्ताहरु घरजग्गामा फसिरहेका छन् । यसको प्रभाव बैंककै कर्जा असुलीमा देखिन थालिसकेको छ । सरकारले कित्ताकाट खुला गरे पनि घरजग्गा कारोबार चलायमान हुन सकेको छैन ।

शेयर बजारमा सुधार आउन बैंक वित्तीय संस्थालाई शेयर बजारमा लगाउदै आएको क्यापलाई हटाउनु पर्छ । बैंक वित्तीय संस्थाले शेयर खरिद गरेको २ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था र शेयर धितो कर्जाको क्याप हटाउने हो भने शेयर बजारले थप गति लिने देखिन्छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया