परीक्षा दिएर ५ हजार ४९० जनाले लिए अभिकर्ता लाइसेन्स, परीक्षाको लागि समय पाउनै मुस्किल

  • BFIS News
  • 2024 Feb Sun 16:18
परीक्षा दिएर ५ हजार ४९० जनाले लिए अभिकर्ता लाइसेन्स, परीक्षाको लागि समय पाउनै मुस्किल

काठमाडौं । अभिकर्ताको परीक्षा प्रणालीमा आकर्षण बढ्न थालेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार हालसम्म परीक्षा दिएर ५ हजार ४९० जनाले अभिकर्ताको लाइसेन्स लिएका छन् । प्राधिकरणले कार्तिक १७ गतेदेखि सुरु गरेको परीक्षामा अत्याधिक आकर्षण देखिएको हो । 

बीमा ऐन २०७९ मा बीमा मध्यस्थकर्ताको लाइसेन्स लिदा परीक्षालाई अनिवार्य गरे सँगै प्राधिकरणले अनलाइन प्रणालीबाट परीक्षाको व्यवस्था गरेको हो । यस भन्दा अगाडी बीमा कम्पनीहरु आफैले लाइसेन्स दिने व्यवस्था थियो । अहिले परीक्षा दिनै पर्ने भए पछि बीमा प्राधिकरणलाई परीक्षा व्यवस्थापन गर्न धौ धौ परिरहेको छ । 

परीक्षाका लागि तयारी गरेकाहरुले पनि लामो समय कुर्नु पर्ने बाध्यता रहेको बीमकहरु बताउछन् । अनलाइनबाट परीक्षा दिनु पर्ने भएकाले सानो प्राविधिक गडबडीले पनि परीक्षा रद्द हुने गरेको छ । कतिपय प्राविधिक समस्या बाहेक अभिकर्ताहरुले सहजै परीक्षा दिन पाइरहेका छन् । 

प्राधिकरणले तय गरेको परीक्षाका लागि केहि समय भित्रै बुकिङ हुने गरेको छ । कसैले पनि आफ्नो समयमा परीक्षा दिन पाउने अवस्था छैन । सुरु सुरुका दिनमा बीमा प्राधिकरणले अन्य पेशा व्यवसायमा रहेका व्यक्तिहरुलाई पनि मध्यनजर गर्दै विभिन्न समयमा सेड्युल बनाएको थियो । तर अहिले आफ्नो सेड्युल भन्दा पनि बीमा प्राधिकरणले तय गरेको समयमै बुक भए पनि ठुलो उपलब्धी हुने गरेको छ । 

बीमा प्राधिकरणले परीक्षाका लागि समय थप गर्ने अथवा बीमा कम्पनीहरुलाई नै परीक्षा सञ्चालन गर्न दिनु पर्ने अवस्था आएको बीमकहरु बताउछन् । १४ वटा जीवन बीमा कम्पनीका लागि आवश्यक पर्ने अभिकर्ताहरुको परीक्षा केवल बीमा प्राधिकरणले मात्रै सञ्चालन गर्न नसक्ने कम्पनीहरुको धारणा छ ।  

परीक्षा प्रणालीको विकास भए सँगै अभिकर्ता बन्नकै लागि भए पनि अध्ययन गर्ने परिपाटीको विकास भएको छ । प्राधिकरणले अनलाइनबाट ५० वटा प्रश्न सोध्ने गरेको छ । यस मध्ये २५ वटा प्रश्नको उत्तर मिल्नु पर्नेछ । यदि २५ वटाको उत्तर मिलेन भने अनुतीर्ण हुने व्यवस्था रहेको छ ।

हालसम्म परीक्षामा उत्तीर्ण भएका अभिकर्ताको नामावली

जीवन बीमा अभिकर्ताको तालिम तथा परीक्षाको पाठ्यक्रम  

ईकाई १–जोखिम र जोखिम व्यावस्थापन

जोखिमको अर्थ, जोखिमको वर्गीकरण, बीमायोग्य जोखिम, संकट, खतरा र नोक्सानी, जोखिम व्यवस्थापन, जोखिम व्यवस्थापनको तरीका

ईकाई २–बीमाको परिचय

बीमा, जीवन र निर्जीवन बीमा बीमाको उद्देश्य, बीमाको प्रकार, बीमाको फाइदा, बीमाको कार्य प्रणाली, बीमा र संभाव्यता

ईकाई ३–बीमा अभिकर्ता

बीमा अभिकर्ताको परिचय, बीमा अभिकर्ताको प्रकार, बीमा अभिकर्ताको बीमक तथा बीमित प्रतिको दायित्व, बीमकको बीमा अभिकर्ता प्रतिको दायित्व, बिमा अभिकर्ता बन्ने तरिका, बीमा अभिकर्ताको पेशागत महत्व, बीमा अभिकर्ताको खारेजी 

इकाई–४ बीमाको सिद्धान्त

परम सद्धविस्वासको सिद्धान्त, बीमायोग्य हितको सिद्धान्त, क्षतिपुर्तिको सिद्धान्त, निकटतम कारणको सिद्धान्त, प्रत्यासनको सिद्धान्त, योगदानको सिद्धान्त, जीवन बीमामा आंशिक वा पूर्ण रुपमा लागु हुने बीमाका सिद्धान्त

ईकाई–५ बीमालेख

परिचय, जीवन बीमालेखहरुको प्रकार, बीमालेखको शब्दावली, शर्त तथा सुविधा, व्यक्तिगत तथा सामूहिक बीमा, पुरक करार, नाफामा सहभागी हुने र नहुने प्रकारको बीमा बीमाशुल्क गणना तालिका

ईकाई ६–जीवन बीमा सम्बन्धी कागजात

प्रस्ताव फाराम, केवाईसी फारम, बीमाशुल्क भुक्तानी रसिद, बीमालेखको मुल कागज, सम्पुष्टि, राइडर, बीमाशुल्क भुक्तानी गर्ने वा नवीकरण गर्ने सूचना, बीमलेख पुनर्जागरण गर्ने फाराम, अन्य कागजात

ईकाई–७ बीमाशुल्क र बोनस

बीमाशुल्क र बीमाशुल्क गढाना, बोनस र बोनस गणना, चुक्ता मूल्य र चुक्ता मुल्य गणना, समपर्ण मूल्य र समपर्ण मूल्य गणना, बीमालेखको धितोमा लिईने ऋण, बीमालेखको जफत, मृत्युदर तालिका

इकाई ८–जोखिमाङ्कन

परिचय, जोखिमाङ्कनको आधारमा जोखिमको बर्गीकरण, प्रारम्भिक जोखिमाङ्कन, बीत्तिय र मेडीकल जोखिमाङ्कन, जोखिमाङ्कन प्रक्रिया, अभिकर्ताको गोप्य प्रतिवेदन, बीमित र अभिकर्ताको अनुगमन, आम्दानीको स्रोत, बीमितको पेशागत जोखिम, जोखिमाङ्कनमा प्रभाव पार्ने तत्वहरु, जोखिमाङकन निर्देशिका वा म्यानुअल, नोमिनेसन तथा एसाइन्मेन्ट 

इकाई ९–दाबी

परिचय, दाबी पक्रिया, दाबी सम्बन्धी कागजात, दाबी भुक्तानीको प्रक्रिया, बीमा दाबी भुक्तानीमा अभिकर्ताको भूमिका, दाबी भुक्तानी निर्देशिका वा म्यानुअल, दाबीको प्रकार, मृत्यु दाबी, परिपक्क दाबी, सर्भालभल दाबी, राइडर (पुरक करार) दाबी

इकाई १०–जीवन बीमाको बजारीकरण

अभिकर्ताको पेशा, ग्राहक सेवा, बीमाअभिलेख विक्री पछिको सेवा, बीमा दाबी पर्दाका बखतको सेवा, जीवन बीमाक बजारीकरण, उपभोक्ता व्यवहार, नैतिक बजारीकरण र यसका चुनौति, बीमालेखको गलत विक्री(मिससेलिङ), सर्वसाधारण प्रति बीमा अभिकर्ताको दायित्व, 

इर्काइ ११–बीमा अभिकर्ता र कर

जीवन बीमामा कर छुटको दायरा, बीमा अभिकर्ताको पारिश्रमिक र उक्त पारिश्रमिकमा लाग्ने कर, बीमा अभिकर्ता र कर दर्ता प्रमाणपत्र

ईकाई १२– बीमा सम्बन्धि कानुनी व्यवस्था

बीमा ऐन, २०७९ बीमा नियमावली, २०४९, बीमा अभिकर्ताको आचार संहिता, सम्पत्ति सुद्धिकरण सम्बन्धी ऐन, २०६४ का बीमा सम्बन्धी प्रावधान, नेपाल बीमा प्राधिकरणबाट जारी भएको सम्पत्ति शुद्धिकरण सम्बन्धी निर्देशिका, बीमा अभिकर्ता सम्बन्धी कानूनी व्यवस्था

इकाई १३–बीमा बजार

नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, बीमा अभिकर्ता, बीमा सर्भेयर, तेस्रो पक्ष सहजकर्ता, अन्य बीमा सेवा प्रदायक, बीमा सुचना केन्द्र, बीमित हित संरक्षण कोष, बीमा पुल, बीमा कोष 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया