Nepal Life

बजार बढाउन ल्याइएको क्यापिटल प्लानले दुई पुनर्बीमा कम्पनीको शेयरमा उल्टै गिरावट, शेयर बजारबाट कमाउने खेल

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Mon 18:55
बजार बढाउन ल्याइएको क्यापिटल प्लानले दुई पुनर्बीमा कम्पनीको शेयरमा उल्टै गिरावट, शेयर बजारबाट कमाउने खेल
Sanima Reliance

काठमाडौं । दोस्रो बजारमा शेयर मूल्य बढाउने भित्री उद्देश्यका साथ जारी भएको पुनर्बीमा कम्पनीको क्यापिटल प्लानले दुई पुनर्बीमा कम्पनीको शेयर मूल्य उल्टै घटेको छ । क्यापिटल प्लान जारी भए पछि दुबै कम्पनीको शेयर मूल्य घटिरहेको छ । 

NIMB

दोस्रो बजारमा सूचिकृत भए पछि ७२८ रुपैयाँसम्म पुगेको हिमालयन रिको शेयर मूल्य आज थप २ रुपैयाँले घटेर ६८६ रुपैयाँमा झरेको छ । नेपाल पुनर्बीमाको शेयर मूल्य आज भने ६ रुपैयाँले बढेर ७८३ रुपैयाँ पुगेको छ । एक वर्षको अवधिमा नेपाल पुनर्बीमाको शेयर मूल्य ८८५ रुपैयाँसम्म पुगेको देखिन्छ । यस भन्दा अघिल्लो बुलमा हकप्रदको हल्ला मच्चाएर १९०० रुपैयाँसम्म पुर्याइएको थियो । जतिवेला दोस्रो बजारमा सोझा साझा धेरै लगानीकर्ता ठुब्न पुगे । अहिले पनि शेयर मूल्य बढाएर संस्थापकहरुले नै राम्रो पैसा कमाउन खोजेको देखिन्छ ।  

नेपाल बीमा प्राधिकरणले गएको पुनर्बीमा कम्पनीको न्युनतम चुक्ता पूँजी २० अर्ब पुर्याउदै दुई पुनर्बीमा कम्पनीलाई क्यापिटल प्लान माग गरेको थियो । जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको क्यापिटल प्लान ल्याउदा प्राधिकरणले पुनर्बीमाको भने ल्याएको थिएन । तत्कालिन अवस्थामा दुई पुनर्बीमा मध्ये हिमालयन रिले आइपिओ निष्काशन नगरेको भन्दै क्यापिटल प्लान ल्याएको थिएन् । हिमालयन रिले आइपिओ निष्काशन पश्चात दोस्रो बजारमा कारोबार सुरु भए लगत्तै प्राधिकरणले न्युनतम चुक्ता पूँजी २० अर्ब पुर्याएको छ ।

केहि समय अगाडी बीमा प्राधिकरण स्वयंले नेपाल पुनर्बीमा कम्पनीको पूँजी बढाउनु नपर्ने भन्दै नेपाल सरकारलाई आन्तरिक रुपमा रिपोर्टिङ गरेको थियो । विद्यमान पूँजी बराबरकै व्यवसाय नभइरहेको सन्दर्भमा थप पूँजी आवश्यक नपर्ने भन्दै रिपोर्टिङ गरेको प्राधिकरणले हिमालयन रिको आइपिओ निष्काशन लगत्तै किन पूँजी बढायो भन्ने विषय संकाको विषय बनेको छ ।  

नेपाल बीमा प्राधिकरण हिमालयन रिलाई लाइसेन्स दिने समयदेखि नै प्रभावित हुँदै आएको आरोप लाग्दै आइरहेकोमा आइपिओ निष्काशन लगत्तै क्यापिटल प्लान जारी गर्नुले झन् संका पैदा गराएको छ । विद्यमान पूँजीको ४० प्रतिशत पनि व्यवसाय गर्न नसकेको कम्पनीलाई २० अर्ब पूँजी पुर्याउ भन्नु कत्तीको जायज ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालका अनुसार दुई पुनर्बीमा कम्पनीको विद्यमान पूँजीले बजार विस्तार हुनै नसक्ने बताउछन् । जति ठुलो पूँजी भयो कम्पनीको व्यवसाय गर्न सक्ने क्षमता पनि बढ्ने उनको भनाइ छ ।

नेपाली पुनर्बीमा कम्पनीको बजार विदेशमा भन्दा पनि नेपालमै सिमित छ । नेपाल पुनर्बीमा कम्पनीले विदेशबाट व्यवसाय ल्याउने ल्याक राख्दैन । कम्पनीले भारतबाटै ल्याएका कतिपय व्यवसायमा चरम नोक्सानी बेहोर्नु परेको थियो । हिमालयन रिले भारतबाट व्यवसाय ल्याउने अपेक्षा गरिए पनि खासै व्यवसाय भित्र्याउन सकेको देखिदैन । भर्खरै स्थापना भएको पुनर्बीमा कम्पनीलाई विदेशी बजारले खासै पोत्याउदैन । यदि व्यवसाय पाइहाले पनि राम्रो व्यवसाय पाउन सक्दैन । अत्यन्तै जोखिमयुक्त व्यवसाय मात्रै पाउने हुँदा जोखिम पनि सँगै सँगै अधिक रहन्छ । जुन व्यवसाय ल्याउनु भन्दा नल्याउनु नै बढि लाभदायक हुने विज्ञहरु बताउछन् ।

क्यापिटल प्लान

हाल नेपाल पुनर्बीमा कम्पनीको चुक्ता पूँजी १२ अर्ब ८१ करोड रहेको छ भने हिमलायन रिको चुक्ता पूँजी १० अर्ब रुपैयाँ रहेको छ । हिमालयनले एक वर्षको अवधिमा १० अर्ब र नेपाल पुनर्बीमा कम्पनीले ७ अर्ब १९ करोड जुटाउनु पर्नेछ ।

प्रिमियममा आइपिओ निष्काशन गरेको हुँदा हिमालयन रिले २५ प्रतिशत भन्दा धेरै लाभांश दिन सक्ने छ । तर कम्पनीले प्रिमियममा शेयर निष्काशन गरेको विषयमा अदालतमा मुद्दा विचाराधिन छ । यदि अदालतले प्रिमियम रकम फिर्ता गरिदिनु भन्ने आदेश दियो भने कम्पनीले लगभग सत प्रतिशत नै हकप्रद शेयर जारी गर्नु पर्छ । यदि अदालतले कम्पनीको पक्षमा फैसला गरिदियो भने पनि प्रिमियम रकमको ३० प्रतिशत कर राज्यलाई बुझाएर मात्रै बोनस शेयर वितरण गर्न पाइन्छ । यसले गर्दा कम्पनीको लाभांश दिन सक्ने क्षमता भने २० प्रतिशत मात्रै हुन जान्छ ।

यसले गर्दा कम्पनीले बोनस शेयर दिन पाएकै अवस्थामा पनि ८० प्रतिशत हकप्रद शेयर जारी गर्नु पर्ने अवस्था आउछ । यति ठूलो रकम शेयरधनी सँगै उठाउनु पर्ने अवस्थामा कम्पनीको शेयर मूल्य बढ्ने भन्दा पनि घट्ने अवस्था आउछ ।

अहिलेकै पूँजीको प्रतिशेयर आम्दानी एक दमै न्युन छ । यदि पूँजी २० अर्ब पूर्याइयो भने प्रतिशेयर आम्दानी २ रुपैयाँमा झर्नेछ । कम्पनीले हकप्रद निष्काशन पछि कयौ वर्ष लाभांश दिन सक्ने छैन ।

अर्को तर्फ नेपाल पुनर्बीमा कम्पनीले पनि पहिलो दुई वर्ष ५/६ वर्षको जगेडा कोषबाट मात्रै दिन सकेको हो । अहिले नै कम्पनीले ५ प्रतिशत भन्दा माथि लाभांश दिन सक्दैन ।

यहि कारणले गर्दा क्यापिटल प्लान पछि पनि दुई पुनर्बीमा कम्पनीको शेयरमा आकर्षण देखिएको छैन । अहिले नै दोस्रो बजारमा ओभर क्यापिटलाइज रहेको दुइ पुनर्बीमा कम्पनीले हकप्रद शेयर निष्काशन गरेपछि झन् ओभर क्यापिटलाइज हुनेछ । जतिवेला कम्पनीको शेयर मूल्य पनि अन्य कुनै बाणिज्य बैंकको भन्दा माथि जाने छैन ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया