माइक्रोफाइनान्स माथिको अंकुश कायमै, मर्जरमा जोड बोनस र हकप्रदमा कडाइ

  • BFIS News
  • 2023 Jul Sun 14:37
माइक्रोफाइनान्स माथिको अंकुश कायमै, मर्जरमा जोड बोनस र हकप्रदमा कडाइ

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस पटक पनि लघुवित्त वित्तीय संस्थाहरुलाई हकप्रद शेयर निष्काशन गर्न नदिने भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै लघु वित्त वित्तीय संस्थाहरुको मर्जरको नीतिलाई निरन्तरता दिएको छ ।

२०८१ असार मसान्तसम्म एकीकृत कारोबार संचालन गरेमा विद्यमान सुविधाहरु उपलब्ध हुने गरी लघुवित्त वित्तीय संस्थाहरुकोमर्जर र प्राप्तिलाई प्रोत्साहन गर्ने भएको हो । लघुवित्त वित्तीय संस्थालाई राष्ट्र बैंकले मर्जरका लागि लगातार दवाव दिदै आएको छ । सोही क्रममा उनिहरुलाई हकप्रद शेयर निष्काशनदेखि लिएर लाभांश वितरणमा समेत रोक लगाइएको छ ।

लघुवित्त वित्तीय संस्थाको समस्या र सुझाव सम्बन्धमा गठित अध्ययन समितिले तयार पारेको अध्ययन प्रतिवेदनका सुझावहरुलाई क्रमशः कार्यान्वयन गर्दै लगिने भएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया