Nepal Life

धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा आइपिओ निष्कासन ठप्प, साढे २३ अर्बको सेयर निष्कासन प्रक्रियामा रोकियो

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Wed 05:19
धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा आइपिओ निष्कासन ठप्प, साढे २३ अर्बको सेयर निष्कासन प्रक्रियामा रोकियो
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष नहुँदा विगत एक महिनादेखि आइपिओ तथा अन्य सार्वजनिक निष्काशनको प्रकृयाँ रोकिएको छ । अध्यक्ष नहुँदा आईपीओ तथा थप प्राथमिक निष्कासन (एफपीओ), ऋणपत्र, हकप्रदलगायत धितोपत्रको अनुमति प्रक्रिया रोकिदा कम्पनीहरु प्रभावित भएका छन् । 

NIMB

गत पुस २० मा निवर्तमान अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि सरकारले नयाँ अध्यक्ष नियुक्त गरेको छैन । धितोपत्र ऐनको व्यवस्थाअनुसार अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा सिफारिस समिति गठन भए पनि सोमबारसम्म त्यसले बोर्ड अध्यक्षको आवेदनका लागि सूचनासमेत निकालेको छैन ।

धितोपत्र निष्कासन अनुमति नपाउँदा कम्पनीहरूले पूर्वनिर्धारित समयमा सेयर निष्कासन गर्न नपाएको मात्र होइन, वार्षिक व्यावसायिक योजना पनि अवरुद्ध भएको सरोकारवालाको गुनासो छ । सेयर निष्कासन अनुमति रोकिएपछि हालसम्म बोर्डमा सेयर निष्कासनका लागि आवेदन दिएका कम्पनी संख्या ४२ पुगिसकेको छ ।

निवर्तमान अध्यक्ष हमालको कार्यकाल सकिएपछि लामो समयसम्म बोर्ड अध्यक्षविहीन बन्यो । दुई साताअघि मात्र अर्थ मन्त्रालयले बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारीलाई दैनिक कमकाज हेर्ने गरी कामु अध्यक्षको जिम्मेवारी दिइएको छ । त्यसपछि सञ्चालक समितिको बैठक पनि बसेको छ । पछिल्लो एक महिनायता कुनै पनि कम्पनीले आईपीओ, हकप्रद सेयर, ऋणपत्र निष्कासनका लागि अनुमति पाएका छैनन् ।

बोर्डका अनुसार विभिन्न क्षेत्रका गरी २९ वटा कम्पनीले आईपीओ निष्कासनका लागि मात्र सेबोनमा आवेदन दिएका छन् । ती कम्पनीले २३ अर्ब ४६ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका छन् । यसबाहेक हकप्रद सेयर, एफपीओलगायतमा परेको आवेदन पनि जोड्दा यस्तो रकम धेरै हुन जान्छ । 

बोर्ड अध्यक्षका लागि गठित सिफारिस समितिको पहिलो चरणको बैठक बसिसकेको र अध्यक्ष छनोटका लागि कार्यविधि बनाउने निर्णय भएको छ । कार्यविधि बनाएपछि अध्यक्षका लागि आवेदन आह्वान गरिने बताइएको छ ।

यति धेरै लामो समयसम्म आइपिओ निष्काशन रोकेर पछि एकै पटक अनुमति दिदा प्रयाप्त आवेदन निपर्ने समस्या आउछ । धितोपत्र बोर्डले बजारको अवस्था नहेर मनलाग्दी एकै पटक धेरै कम्पनीलाई आइपिओ निष्काशन अनुमति दिदा कम्पनीहरु तथा लगानीकर्ताहरुलाई गाह्रो पर्ने गर्छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया