अवदेखि बैंकमा जागिर खान बैंकिङ्ग ईन्स्टिच्यूटबाट प्रवेश परीक्षा दिनु पर्ने

  • BFIS News
  • 2023 Jul Sun 14:46
अवदेखि बैंकमा जागिर खान बैंकिङ्ग ईन्स्टिच्यूटबाट प्रवेश परीक्षा दिनु पर्ने

काठमाडौं । अवदेखि निजी बैंकहरुमा जागिर खानका लागि नेशनल बैंकिङ्ग ईन्स्टिच्यूट जस्ता संस्थाहरुबाट प्रवेश परीक्षा दिनु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै नेशनल बैंकिङ्ग ईन्स्टिच्यूट जस्ता संस्थाहरुसँगको सहकार्यमा बैंकिङ्ग सेवामा प्रवेश गर्न प्रवेश परीक्षा र वृत्ति विकासका लागि सर्टिफिकेशन कोर्ष पूरा गरेकालाई प्राथमिकता दिनेसम्बन्धी व्यवस्था गरिने जनाएको छ ।

बैंकिङ्ग प्रणालीको स्थायित्वको लागि सक्षम जनशक्तिको व्यवस्थापन र कार्यसम्पादन सुदृढ बनाउन आवश्यक भएकोले बैंकिङ्ग क्षेत्रको समग्र जनशक्ति विकास र व्यवस्थापनका सम्बन्धमा अध्ययन गरिने भएको छ । नेशनल बैंकिङ्ग ईन्स्टिच्यूट जस्ता संस्थाहरुसँगको सहकार्यमा बैंकिङ्ग सेवामा प्रवेश गर्न प्रवेश परीक्षा र वृत्ति विकासका लागि सर्टिफिकेशन कोर्ष पूरा गरेकालाई प्राथमिकता दिनेसम्बन्धी व्यवस्था गरिने छ ।

यस भन्दा अगाडी बैंकहरुले आफुखुसी मन लाग्दी नियुक्ति गर्दै आएका थिए । आफैले परीक्षा लिने भएकाले औपचारिकताका लागि परीक्षा आह्वान गर्ने तर वास्तविक परीक्षा लिएर उत्तीर्ण भएका जनशक्तिलाई भर्ना गर्ने व्यवसायिक अभ्यास हुन सकिरहेको छैन ।  

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार