Nepal Life

धितोपत्र बोर्डको अध्यक्ष अविलम्ब नियुक्ति गर्न लगानीकर्ताको आग्रह, 'अध्यक्ष नहुँदा शेयर बजारमा चरम वेथिति'

Global Ime detail Page
  • प्रभात कुईकेल
  • 2024 Feb Wed 11:55
धितोपत्र बोर्डको अध्यक्ष अविलम्ब नियुक्ति गर्न लगानीकर्ताको आग्रह, 'अध्यक्ष नहुँदा शेयर बजारमा चरम वेथिति'
Sanima Reliance

काठमाडौं । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डको अध्यक्ष तत्काल नियुक्ति प्रकृयाँ अगाडी बढाएर ढुङ्गो लगाउन अनुरोध गरेका छन् । सरकारले पूँजी बजार जस्तो संबेदनशिल क्षेत्रलाई वेवास्था गर्दै कार्यकारी भुमिकाको अध्यक्ष नियुक्ति नगरेर उपेक्षा गरेको नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकालले बताए ।

NIMB

उनले भने ‘हाम्रो सरकार पूँजी बजार प्रति कति संवेदनशिल छ भन्ने कुरा यसबाट देखिन्छ । यसबाट पूँजी बजार सरकारको प्राथमिकतामा पर्दैन भन्ने कुरा स्पष्ट देखिन्छ ।’ धितोपत्र बोर्डको अध्यक्षको कार्यकाल कहिले सकिन्छ, नियुक्ति प्रकृयाँ कसरी अगाडी बढाउनु पर्छ भन्ने कुरा राम्रो सँग थाहा हुन्छ । सबै कुरा थाहा हुँदा हुँदै पनि वेवास्था भइरहेको लगानीकर्ताहरुको आरोप छ ।

सरकारले पदपूर्तिका लागि तीन सदश्यीय समिति बनाएर झारा टार्ने काम मात्रै गरेको नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले आरोप लगाएका छन् । धितोपत्र बोर्डको अध्यक्ष नहुँदा शेयर बजारमा चरम वेथिति देखिनुका साथै नियमित काम कारबाही समेत अगाडी बढ्न नसकेको अध्यक्ष पाण्डेले बताए ।

नेपाल धितोपत्र बोर्डका अध्यक्षले कार्यकाल सकिनु भन्दा एक महिना अगाडिदेखि महत्वपुर्ण निर्णय गर्न पाउदैनन् । यस हिसावले मंसिर २० गतेदेखि नेपाल धितोपत्र बोर्डले पुर्ण रुपमा काम गर्न पाएको छैन ।

शेयर बजार एकदमै तल्लो विन्दुमा छ । शेयर बजारमा कन्फिडेन्स चाहिने अवस्थामा अध्यक्ष जस्तो पद नै रिक्त हुँदा लगानीकर्ताले आफ्ना कुराहरु नै अगाडी बढाउन नपाएको लगानीकर्ताको भनाइ छ ।

सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष माओवादीको भागमा र नेपाल राष्ट्र बैंकको गभर्नर कांग्रेसको भागमा भागबण्डा गरेर अगाडी बढ्न खोज्दा यस्तो अवस्था आएको नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बताइन्छन् ।

शेयर बजार जस्तो संबेदनशिल क्षेत्रमा राजनीतिक भागबण्डा गर्दा सक्षम र दक्ष नेतृत्व आउन नसक्ने उनको आरोप छ । यस भन्दा अगाडीका सरकारले पनि यस्तै काम गर्दै आउदा पूँजी बजारको विकास पछाडी परिरहेको उनको भनाइ छ ।

नेपाल सरकारले बजेटको छलफल तथा तयारी सुरु गरिसकेको छ । यस्तो समयमा पूँजी बजारको विषयमा बृहत छलफल गर्ने तथा लगानीकर्ताहरुको सुझाव लिने र सरकारलाई सुझाव दिने समयमै सरकारले अध्यक्ष नियुक्ति नगर्दा यसको प्रभाव अझै धेरै पर्ने इन्भेष्टर फोरमका अध्यक्ष ढकालको विश्लेषण छ । उनले भने ‘यस्तो कामले धेरै लगानीकर्ताहरुमा निरासा छाएको छ । पूँजी बजारको अध्यक्ष अविलम्ब नियुक्ति गरेर पूँजी बजारलाई द्रुत गतिमा अगाडी बढाउन हामी आह्वान गर्छौ ।’

सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा अर्थमन्त्रालयका सचिव कृष्णहरी पुस्कर र शंकरदेव क्यापसका प्रध्यापक सहितको तीन सदस्य सिफारिस समिति गठन गरेको थियो । उक्त समितिले कार्यविधि बनाएर अध्यक्ष नियुक्तिको सूचना निकाल्ने तयारी गरेका छन् । यसरी सिफारिस समितिको नाममा सरकारले अध्यक्ष नियुक्ति प्रकृयालाई नै लम्बाउदै आइरहेको छ । सरकारले कार्यबाहक अध्यक्षको जिम्मेवारी कार्यकारी निर्देशक डा. नवराज अधिकारीलाई दिए पनि धेरै काम पेण्डिङमा छन् ।

कार्यकारी अध्यक्ष नहुँदा अन्य सञ्चालकहरुले पनि महत्वपुर्ण निर्णय गर्न सक्दैनन् । विगत दुई तीन महिनादेखि प्राथमिक शेयर तथा हकप्रद शेयर निष्काशनकै प्रकृयाँ अगाडी बढेको छैन । यसले गर्दा अध्यक्ष नियुक्ति पश्चात एकै पटक धेरै कम्पनीहरुले आइपिओ निष्काशन गर्नु पर्ने बाध्यता रहन्छ ।

कतिपय जलविद्युत आयोजनाले समयमा आइपिओ निष्काशनको अनुमति नपाउदा लगानी व्यवस्थापनको काम पनि राम्रो सँग गर्न पाइरहेका छैनन् । यो बाहेक कयौ नियमित प्रकृयाँ नै अगाडी बढ्न सकेको छैन ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया