शेयरधितो कर्जाको जोखिम भार घट्ने, लगानीकर्ता उत्साहित

  • BFIS News
  • 2023 Jul Sun 15:00
शेयरधितो कर्जाको जोखिम भार घट्ने, लगानीकर्ता उत्साहित

काठमाडौं । नेपाल राष्ट्र बैंक शेयर धितो कर्जाको विद्यमान जोखिम भारसम्बन्धी व्यवस्थालाई पुनरावलोकन गर्न तयार भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले ‘शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिनेछ ।‘ भनेको छ ।

गत आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले शेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार १०० प्रतिशतको व्यवस्थाबाट १५० प्रतिशत पुर्याएको थियो । यस्तो व्यवस्थाले गएको वर्षमा शेयर बजार सर्वाधिक धेरै प्रभावित भयो । राष्ट्र बैंकले रू. २५ लाखसम्मको कर्जाको हकमा १०० प्रतिशत र सोभन्दा माथिको कर्जाको हकमा १५० प्रतिशत जोखिम भार राख्नुपर्ने व्यवस्था गरे पनि लगानीकर्ताले चर्को विरोध गरेका थिए ।

मौद्रिक नीतिमा पुनरावलोकन गरिनेछ भनिए पनि कति प्रतिशत भनेर तोकिएको छ । आगामी दिनमा निर्देशिका जारी गर्दै यस्तो व्यवस्थामा परिमार्जन गर्दै जानेछ । यस सँगै लगानीकर्ता पनि उत्साहित भएका छन् । यस्तो व्यवस्था सँगै लगानीकर्ताले शेयरधितोमा राखेर राम्रो कर्जा लिन सक्ने छन् ।  

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया