Nepal Life

शेयर बजारको कछुवा गति, सातामा ३४.६८ अंकले सुधार, कारोबार रकम तीन अर्बको हाराहारीमा झर्यो

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Thu 15:17
शेयर बजारको कछुवा गति, सातामा ३४.६८ अंकले सुधार, कारोबार रकम तीन अर्बको हाराहारीमा झर्यो
Sanima Reliance

काठमाडौं । शेयर बजार कछुवा गतिमा बढिरहेको छ । सूचक सँगै कारोबार रकममा पनि सुधार हुन सकेको छैन । यस साता नेप्से सूचक ३४.६८ अंकले सुधार भयो । साताको अन्तिम ५.७४ अंकले सुधार हुँदा कारोबार रकम तीन अर्ब २१ करोडमा सिमित भएको छ ।

 

NIMB

नेपाल राष्ट्र बैंकले अर्थतन्त्र लयमा फर्किएको भन्दै प्रतिवेदन सार्वजनिक गर्दै गर्दा दोस्रो बजारमा भने उत्साह छैन । अझै पनि बजार प्रति लगानीकर्ताको कन्फिडेन्स बढ्न सकेको छैन । आर्थिक मन्दीको प्रभाव तल्लो तहसम्म पुगेको हुँदा यसमा सुधार आउन अझै केहि समय लाग्ने विश्लेषकहरु बताउछन् ।

वित्तीय सूचकमा सुधार देखिए पनि ठुलो जनसंख्या वैदेशिक रोजगारमा तथा वैदेशिक अध्ययनमा गइरहेका छन् । अध्ययनमा गएका मानिसहरु नेपाल फर्किने सम्भावना एकदमै न्युन छ । मुलुक लगभग रेमिट्यान्सबाटै चलिरहेको छ । स्वदेशमा उत्पादन छैन । ९० प्रतिशत भन्दा उपभोग्य समाग्री आयात गर्नु पर्ने बाध्यताले गर्दा जुन अनुपातमा रेमिट्यान्स आइरहेको छ सोहि अनुपातमा आयातमा पैसा खर्च भइरहेको छ ।

निर्माण सामाग्री उत्पादन कम्पनीहरु लगभग बन्द हुने अवस्थामा पुगेका छन् । कयौ साना उद्योगहरु प्रतिस्पर्धा गर्न नसकेर बन्द भइरहेका छन् । गएको वर्षको तुलनामा घर तथा भवन निर्माण कार्यमा व्यापक गिरावट आइरहेको छ । सरकारले पूँजीगत खर्च गर्न सकेको छैन । सरकारको ठुलो रकम वैदेशिक ऋणको व्याज र चालु खर्चमै सकिइरहेको छ । यसले गर्दा पुर्वाधारण निर्माण कार्य लगभग ठप्प जस्तै छ । यसले अर्थतन्त्रलाई चलायमान बनाउन सकेको छैन । बजारमा पैसा नआउदा आर्थिक चक्रमा अवरोध आउछ ।

यस्तै कारणले गर्दा शेयर बजार पनि सुधार हुन सकेको छैन । सूचिकृत कम्पनी मध्ये कसैले पनि आकर्षक लाभांश दिन सक्ने अवस्था छैन । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा वित्तीय विवरण सार्वजनिक गरेका अधिकाम्स कम्पनीले आगामी वर्षमा लाभांश दिन सक्ने देखिदैन । यस वर्ष पनि लाभांश दिने कम्पनीको संख्यामा व्यापक गिरावट देखिएको छ ।

बिहीबार शेयर बजारमा समान्य सुधार हुँदा १५७ वटा कम्पनीको शेयर मूल्यमा सुधार देखिएको छ भने ८२ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया