गभर्नरको अभिव्यक्तिले लगानीकर्तालाई कन्फ्युज बनायो : राधा पोखरेल

  • BFIS News
  • 2023 Jul Sun 20:35
गभर्नरको अभिव्यक्तिले लगानीकर्तालाई कन्फ्युज बनायो : राधा पोखरेल

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा एक थोर पत्रकार सम्मेलनमा अर्को थोक भनेर लगानीकर्तालाई कन्फ्युज बनाउने काम गरेको नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले  बताएकी छिन् । उने भनिन् 'राष्ट्र बैंकले घुमाउरो भाषा प्रयोग गरेर लगानीकर्तालाई कन्फ्युज बनाउने काम गर्दै धितोपत्र बजारलाई निरुत्साहित गरिएको छ ।'
  

 

 

 

 

उनले थपिन् 'नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सम्बन्धी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी ज्यूले पत्रकार सम्मेलनमा बोल्दै सबै साइजका कर्जाका जोखिभार नघट्ने बताउनु भएको छ ।'

मौद्रिक नीतिमा 'शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिनेछ' भन्ने उल्लेख छ । यहि आधारमा लगानीकर्ताले नेपाल राष्ट्र बैंकको प्रशंशा गरेका थिए । मौद्रिक नीतिले शेयर धितो कर्जामा खुकुलो बनाउन खोजिएको भन्दै मौद्रिक नीतिको स्वागत समेत गरेका थिए । तर यो केहि समय पनि टिक्न नपाएको पौखरेलले बताइन् । लगानीकर्ताले हाल शेयरधितोकर्जामा १५० प्रतिशत जोखिम भारको व्यवस्था हटेर १०० प्रतिशत कायम हुने उनिहरुको विश्वास थियो । 

गभर्नर अधिकारीले आज भन्दा दुई वर्ष अगाडी १०० प्रतिशतको जोखिम भारको व्यवस्थालाई १५० प्रतिशत पुर्याइदिएका थिए । उनले त्यतिवेला शेयर बजार घटाउने नियतका साथ यस्तो नीति ल्याएका थिए । तर बजार धेरै तल झरे पछि चौतर्फी दवाव पछि राष्ट्र बैंक केहि लचिलो हुन खोजेको बुझिएको थियो । तर यो खुसी केहि समय पनि टिक्न सकेन । गभर्नर अधिकारीले पत्रकार सम्मेलनमा सबै किसिमका कर्जामा नघट्ने भन्दै गर्दा उनले सबैभन्दा धेरै प्रहार ठुला लगानीकर्तालाई गर्ने छन् । यसो हुने वित्तीकै सबैभन्दा ठुलो असार शेयर बजारमै पर्ने निश्चित छ । तै पनि निर्देशन नआउनजेल कस्तो आउछ भनेर आकलन भने गर्न नसकिने भएको छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया