ओटिसि मार्केटमा ८४ कम्पनीको २ अर्ब ८५ करोडको कारोबार, पूँजीगत लाभकर मात्रै ५ करोड २९ लाख संकलन

  • BFIS News
  • 2023 Jul Mon 11:11
ओटिसि मार्केटमा ८४ कम्पनीको २ अर्ब ८५ करोडको कारोबार, पूँजीगत लाभकर मात्रै ५ करोड २९ लाख संकलन

काठमाडौं । गएको आर्थिक वर्ष २०७९/८० मा ओटिसि बजारबाट मात्रै ८४ कम्पनीको २ अर्ब ८५ करोड रुपैयाँको कारोबार भएको छ । यस अवधिमा २ करोड १२ लाख ६४ हजार कित्ता शेयर खरिद बिक्री भएको नेप्सेले जनाएको छ । यस बापत सरकारले ५ करोड २९ लाख ५५ हजार रुपैयाँ पूँजीगत लाभकर प्राप्त गरेको छ । 

हालसम्म २०६ वटा कम्पनीहरु यस बजारमा दर्ता भइ कारोबार भएको छ । २०७२ माघ १८ गतेदेखि नेप्सेले दोस्रो बजारमा सूचिकरण हुन नसकेका पब्लिक लिमिटेड कम्पनीको शेयर ओटिसी मार्केट मार्फत कारोबार गर्दै आएको छ ।   

गत वर्ष काठमाडौं फरेष्ट्रि कलेजको शेयर प्रति कित्ता ११२५ रुपैयाँको दरले खरिद बिक्री भएको छ । लर्ड बुद्ध एकेडेमीको पनि प्रति कित्ता ५०० रुपैयाँको दरले खरिद बिक्री भएको छ । नेपाल स्टक एक्सचेन्जकै प्रतिकित्ता ६६७.५२ रुपैयाँको दरले खरिद बिक्री भएको छ ।

ओटिसि मार्केटमा कारोबार भएका कम्पनीको विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया