Nepal Life

सर्वोत्तमले योजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आइपिओ बाँडफाँड

NMB Bank
  • BFIS News
  • 2024 Feb 14 16:11
सर्वोत्तमले योजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आइपिओ बाँडफाँड
National Life
Shikhar
NIMB

सर्वोत्तम सिमेन्टले योजना र खानी प्रभावित स्थानीयलाई निष्काशन गरेको आइपिओ बाँडफाँड गरेको छ । 

कम्पनीले स्थानीयका लागि ९ लाख ३० हजार कित्ता सेयर छुट्ट्याएको थियो । पुस २५ देखि माघ २५ सम्म खुलाइएको आवेदनमा १२ सय २४ जनाले आवेदन दिएका थिए ।

कुल २ लाख ४८ हजार ४ सय ७० कित्ता सेयरका लागि आवेदन परेकोमा रीतपूर्वक आवेदन दिने सबै आवेदकले मागे जति नै सेयर पाएका छन् । 

अब स्थानीयलाई नबिकेको बाकिँ सेयर समेत थपेर सर्वसाधारणका लागि यसै हप्ता आवेदन खुला गरिने जनाइएको छ। कम्पनीले यस अघि वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आइपीओ बाँडफाँड गरिसकेको छ।

आइपिओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल र सह बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल र प्रभु क्यापिटलले आज शेयर बाँडफाँड गरेका हुन्।  

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया