Nepal Life

मौद्रिक नीतिको ह्याङओभर र सामाजिक सञ्जालको दुरुपयोगले शेयर बजार प्रभावित, 'विश्लेषण सहित'

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Thu 20:19
मौद्रिक नीतिको ह्याङओभर र सामाजिक सञ्जालको दुरुपयोगले शेयर बजार प्रभावित, 'विश्लेषण सहित'
Sanima Reliance

काठमाडौं । मौद्रिक नीतिको ह्याङओभरबाट विस्तारै सुधार हुन खोजेको शेयर बजारलाई दुर्गा प्रसाई तथा  दिपेन्द्र अग्रवाल जस्ता व्यक्तिहरुले दिएका अभिव्यक्तिले प्रभावित भएको छ । यस साता एक दिन सुधार देखिए पनि बाँकी दिन घटेर बन्द भयो ।

NIMB

विगत एक महिनादेखि लगातार घटिरहेको शेयर बजारमा मौद्रिक नीतिको समिक्षाको प्रभाव सबैभन्दा धेरै देखियो । राष्ट्र बैंकले मौद्रिक समिक्षामा खासै केहि पनि विषय नसमेट्ने भित्री सूचनाले विगत एक महिनादेखि नै बजार घटिरहेको छ ।

सामाजिक सञ्जालको दुरुपयोग गर्दै केहि व्यक्तिले बैंक वित्तीय संस्था तथा शेयर बजारको बारेमा भ्रामक प्रचार गर्दा शेयर बजार घटेको बजार विश्लेषक राजु पौडेलको विश्लेषण छ । दुर्गा प्रसाइले सामाजिक सञ्जाल मार्फत एनआइसी एशिया बैंकको नाम नै किटेर बैंक डुब्दैछ भनेका थिए । उनले बैंकबाट निक्षेप झिक्न समेत निक्षेपकर्ताहरुलाई आह्वान गरेका थिए । यसरी नेपाल राष्ट्र बैंकको प्रत्यक्ष नियमन भएको बैंकिङ क्षेत्रलाई प्रसाइले गम्भिर आरोप लगाउदा सरकार चुप लाग्नु आपत्तीजनक भएको विश्लेषकहरु बताउछन् ।

यसरी लाखौ निक्षेपकर्ताहरुको विश्वास घटाउने काम आफैमा अराजक काम हो । प्रसाई सँगै दिपेन्द्र अग्रवाल पनि चर्चामा छन् । उनले कारोबार अवधिमै लगानीकर्ताहरुलाई सामाजिक सञ्जाल मार्फत कम्पनी किटेरै खरिद बिक्रीका लागि आह्वान गर्ने गरेका छन् । उनलाई सामाजिक सञ्जाल मार्फत पछ्याउने धेरै छन् । यसले गर्दा बजार प्रभावित हुने गरेको छ ।

मौद्रिक नीतिको ह्याङओभरबाट लगभग हिजो मुक्त भइसकेको शेयर बजार आज पुनः १४.६ अंकले घट्दै कारोबार रकम पनि घटेको छ । प्राविधिक विश्लेषक पौडेलका अनुसार ‘आजको शेयर बजारलाई फेयरन ग्रिड मिटरबाट विश्लेषण गर्दा लगानीकर्ताको सेन्टिमेन्ट पुनः घटेको छ ।’

निरन्तर रुपमा घटेको बजार अन्तिममा अलिक फर्केर बन्द भयो । आज नेप्से ०.६ प्रतिशतले घटेर २०६२.०३ अंकमा आइपुगेको छ । सबै सब इन्डेक्स पनि घटेका छन् । आज बजारमा सेन्टिमेन्ट बिग्रिएको छ ।

शेयर बजार १४.४ अंकले घटेर बियरिस क्याण्डल फर्मेशन भएर स्ट्रङ देखिएको छ । आज पहिलाको लो विन्दु भन्दा माथिबाटै बजार फर्किएको छ ।  

विगत एक महिनाको अवधिमा शेयर बजारले डब्लु प्याट्रन बनाएको छ । डब्लु प्याट्रन भनेको रिभर्सल प्याट्रन हो । अव २११० देखि २१२० नेक लाइन हुनेछ । शेयर बजारले २१३० भन्दा माथि पार गर्यो भने मात्रै सुधारको लयमा फर्किने विश्लेषक पौडेल बताउछन् । उनले भने ‘शेयर बजारले नेक लाइन पार गरे पछि मात्रै अप ट्रेण्ड सुरु हुनेछ ।’

बजार घट्दा भोलुम घट्नु भनेको शेयर बजारका लागि धेरै राम्रो हो । अहिले लगानीकर्ताहरु आक्रामक रुपमा बाइङ तथा सेलिङमा छैनन् । मौद्रिक नीतिको समिक्षा पछि शेयर बजारमा राम्रै सेलिङ भयो । शेयर बजारमा सुधारको संकेत देखिए पछि मात्रै कारोबार रकम बढ्ने विश्लेषकहरु बताउछन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया