NIMB Header 2
Nepal Life

सेयर बजारको गणित : के प्राविधिक विश्लेषण विज्ञान नै हो त ?

National Life
  • सुबास चन्द्र ढुंगाना
  • 2024 Feb 16 14:31
सेयर बजारको गणित : के प्राविधिक विश्लेषण विज्ञान नै हो त ?
Sanima Reliance

काठमाडौं । हरेक पटक सहि तरिकाले परिक्षण गर्दा परिणाम उस्तै आउछ भने त्यो विशुद्ध विज्ञान हो । यसलाई गणितको माध्यमले प्रमाणित गर्छ भने त्यो बैज्ञानिक सिद्धान्त कानुन बन्न पुग्छ ।

Shikhar
NIMB

कानुन कहिल्यै गलत हुन सक्दैन र यसलाई तोडमोड गर्न सकिदैन वा आफ्नो हिसाबले व्याख्या गर्न पनि मिल्दैन । जस्तो न्युटनको ल अफ मोसन ।

जुन परिक्षणमा फरक फरक परिणाम आउछ भने त्यो विशुद्ध विज्ञान होइन  बरु त्यो जादु वा कला मात्रै हो । कलामा आफ्नो कौशलताको आधारमा खेल्न सकिन्छ ।

सेयर बजारमा गरिने प्राबिधिक विश्लेषण (Technical Analysis) पनि विशुद्ध विज्ञान होइन तर आर्ट अफ साइन्स ‘Art of Science’ भने पक्कै हो । जसमा औषत रुपमा गणना गरि अनुमान ‘calculated tentative guess’ गरिन्छ । जसरलाई पूर्व परिकल्पना ‘Hypothesis’ पनि भनिन्छ । जसको व्याख्या कुनै सिद्धान्त ‘Theory’ ले गर्न सक्दछ तर सत प्रतिशत ठोकुवा गरि यहि नै हुन्छ भनेर कानुनमा जस्तो कुनै नियम ‘Formula’ हुदैन ।

विज्ञानमा परिपकल्पना ‘Hypothesis’ बाट सिद्धान्त ‘Theory’ अनि त्यो सिद्धान्त को परिक्षण ‘experiment’ सफल भए पछि मात्रै कानुन अथाव नियम बन्ने हो । त्यैसले प्राविधिक विश्लेषण विज्ञानको एउटा अंश मात्रै हो । यदि प्राविधिक विश्लेषकहरुले यति मात्रै बुझ्नु भएको छ भने तपाईले आधा कुरा सिकिसक्नु भयो । बाँकी त सबै कला मात्रै हुन् ।

यो पनि पढ्नुहोस् 

शेयर बजारले २२ सयको विन्दु तोडेर अगाडी बढ्न एकुमुलेसन आवस्यक छ, सुबास चन्द्र ढुंगानाको विश्लेषण

(ढुङ्गाना शेयर बजारको विश्लेषक हुन्)

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया