Nepal Life

बोनस शेयर समायोजन भए सँगै हिमलायन रिइन्स्योरेन्सको शेयर मूल्य ६२० रुपैयाँमा झर्यो

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Sun 16:28
बोनस शेयर समायोजन भए सँगै हिमलायन रिइन्स्योरेन्सको शेयर मूल्य ६२० रुपैयाँमा झर्यो
Sanima Reliance

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन भएर ६२० रुपैयाँमा जर्ने भएको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि यहि फागुन ८ गते बुक क्लोज गर्दैछ । कम्पनीको शेयर आजसम्म किन्नेले मात्रै ४ प्रतिशत बोनस शेयर पाउने छन् । 

NIMB

यसरी बोनस शेयर समायोजन सँगै कम्पनीको शेयर मूल्य ६४५ रुपैयाँबाट ६२० रुपैयाँमा झरेको हो । शेयर बजार घट्दा आजै हिमालयन रि इन्स्योर्न्सको शेयर मूल्य १० रुपैयाँले घटेको हो । कम्पनीले दोस्रो बजारमा शेयर मूल्य बढाउन हकप्रद शेयर निष्काशनको समेत घोषणा गरिसकेको छ । 

यसरी हकप्रद शेयर निष्काशनको घोषणा सँगै कम्पनीको शेयर मूल्यमा उल्टै ओरालो लागेको हो । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीको न्युनतम चुक्ता पूँजी २० अर्ब पुर्याए पनि नेपाल पुनर्बीमाको हकमा भने सरकारले पूँजी बृद्धि योजनाका लागि कम्पनीलाई स्वीकृति दिएको छैन । 

दोस्रो बजारमा कम्पनीको शेयर मूल्य सूचिकृत भए पछि लगातार बढ्ने क्रममा ७३० रुपैयाँसम्म पुग्यो । त्यस पछि लगातार घटिरहेको छ । कम्पनीको शेयर मूल्य एक हजार नघाउने कम्पनीकै कतिपय लगानीकर्ताको योजना भने बिफल भएको छ । 

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया