ज्योति विकास बैंकको १५ वर्षे यात्रा,  शेयरधनीले पाए ११२ प्रतिशत लाभांश

  • BFIS News
  • 2023 Jul Tue 11:15
ज्योति विकास बैंकको १५ वर्षे यात्रा,  शेयरधनीले पाए ११२ प्रतिशत लाभांश

काठमाण्डौ । ज्योति विकास बैंक आजदेखि १६ औ वर्षमा प्रवेश गरेको छ । यस शुभ अवसरमा बैंकले आफ्ना समस्त ग्राहकवर्ग, शेयरधनी, नियामक निकाय, कर्मचारी लगायत सम्पुर्ण शुभेच्छुकहरुलाई कृतज्ञता ज्ञापन गरेको छ ।

बैंकको स्थापना २०६५ साल साउन ९ गते आजकैको दिनमा भएको थियो । यस क्रममा बैंकले आफ्नो बैंकिङ सुविधा पुर्वमा झापाको विर्तामोड तथा इलामदेखि पश्चिममा धनगढीसम्ममा १२६ वटा भन्दा धेरै शाखा सञ्जाल विस्तार गरिसकेको छ ।

यस अवधिमा बैंकले झिमरुक विकास बैंक, राप्तिभेरी विकास बैंक, हाम्रो विकास बैंकलाई प्राप्ति गरेको छ । मर्जर र हकप्रद शेयर मार्फत कम्पनीले आफुलाई राष्ट्रिय स्तरको बाणिज्य बैंकको रुपमा उभ्याउन सफल भएको छ । बैंकले मर्जर र हकप्रद मात्रै निष्काशन गरेको छैन । शेयरधनीहरुलाई आकर्षक लाभांश पनि दिइरहेको छ । बैंकले १५ वर्षको इतिहासमा ११ पटक लाभांश वितरण गरिसकेको छ । यस अवधिमा वितरण भएको लाभांश प्रतिशत जोड्ने हो भने ११२ प्रतिशत हुन जान्छ । तर अहिलेसम्म वितरण गरेको लाभांश रकम हेर्ने हो भने शेयरधनीहरुले धेरै गुणा प्रतिफल पाइसकेका छन् । यस अवधिमा बैंकले अधिकतम १५.५ प्रतिशतसम्म लाभांश दिएको छ ।

बैंकले अन्य बैंकहरुलाई प्राप्ति गरेर आफ्नो सञ्जाल विस्तार गर्न सफल भएको हो । साविक झिमरुक विकास बैंकसँग २०७३ साउन २८ गते मर्ज भई एकीकृत कारोबार सञ्चालन भएपश्चात प्यूठान जिल्लामा मात्रै बैंकका पाँचवटा शाखा थपिएका थिए ।

विगत १५ वर्षको अवधिमा बैंकको प्रतिशेयर आम्दानीमा एकदमै स्थितरता देखिन्छ । बैंकको पूँजी बढ्दै गर्दा पनि प्रतिशेयर आम्दानीलाई स्थिर राख्न सक्नु पक्कै पनि बैंकको कौशलता हो । यहि कौशलताले गर्दा आज ज्योति विकास बैंकले देशभर आफ्नो ज्योति फैलाउन सफल भएको छ । बैंकले सार्वजनिक गरेको पछिल्लो वित्तीय विवरण अनुसार चुक्ता पूँजि ४ अर्ब ३९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा डेड अर्ब भन्दा माथि रहेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया