Nepal Life

बाटो नभएको कृषि योग्य जग्गा धितोमा राखेर २० लाखसम्म कर्जा पाइने

NMB Bank
  • BFIS News
  • 2023 Jul 25 11:57
बाटो नभएको कृषि योग्य जग्गा धितोमा राखेर २० लाखसम्म कर्जा पाइने
National Life

काठमाडौं । बाटो नपुगेको कृषि योग्य जग्गा धितोमा राखेर २० लाख रुपैयाँसम्मको कर्जा पाइने भएको छ । नेपाल राष्ट्र बेंकले कृषि कर्जामा वास्तविक किसानकव पहुँच सुननिश्चित गर्ने उद्देश्यले यस्तो व्यवस्था गरेको हो ।

Shikhar
NIMB

बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कृषि कर्जामा वास्तविक किसानको पहुँच सुनिश्चित गर्ने उद्देश्यले खाद्यान्न उत्पादन, पशुपन्छी तथा मत्स्यपालन जस्ता कार्यको लागि २० लाख रुपैयाँसम्मका कर्जा प्रवाह गर्दा मोटर बाटो नभएको खतियोग्य जमिनलाई पनि बैंक वित्तीय संस्थाले धितोको रुपमा स्वीका गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाको शाखाले यस प्रकारको कर्जासम्बन्धी निवदेन प्राप्त भएको सात कार्य दिनभित्र स्वीकृत गर्नुपर्ने र स्वीकृत हुन नसक्ने भएमा सोको स्पष्ट कारणसमेत उल्लेख गरी सम्बन्धित ग्राहकलाई लिखित रुपमा जवाफ दिनु पर्ने व्यवस्था गरिएको छ ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया