Nepal Life

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

Global Ime detail Page
  • BFIS News
  • 2023 Jul Tue 21:04
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
Sanima Reliance

काठमाडौं । महानगरपालिका-७ गौशला लाहुरेटोल बस्ने सोलुखुम्बु घर भएका ४७ वर्षीय आङ्तु राईको घरमा जुवातास खेलिरहेको अवस्थामा राई समेत ५ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचानाको आधारमा प्रहरी वृत्त गौशलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८२ हजार ६ सय ७० रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

NIMB

सुनसरी, धरान उपमहानगरपालिका-१० सेफ फुड गार्डेन रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा भोजपुर आमचौक गाउँपालिका बस्ने ३५ वर्षीय राजेन्द्र श्रेष्ठ समेत ११ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ७ हजार ६ सय ४० रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया