Nepal Life

बैंक वित्तीय संस्थाप्रति एक पछि अर्को आक्रमणले शेयर बजारमा लगातार गिरावट, अविश्वासको कालो वादल प्रतिविम्बित

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Sun 15:08
बैंक वित्तीय संस्थाप्रति एक पछि अर्को आक्रमणले शेयर बजारमा लगातार गिरावट, अविश्वासको कालो वादल प्रतिविम्बित
Sanima Reliance

काठमाडौं । बैंक वित्तीय संस्थाप्रति एक पछि अर्को आक्रमणले शेयर बजारमा लगातार गिरावट देखिएको छ । दुर्गा प्रसाइ, मनिराम ज्ञवालीका अराजक गतिविधिले बैंक तथा वित्तीय संस्था प्रति अविश्वास पैदा गर्न थालेको छ ।

 

NIMB

बैंक वित्तीय संस्था जस्तो संवेदनशिल क्षेत्रमा यस्ता अराजक गतिविधिको रोकथाम गर्नुको साट्टो सरकारले केहि पनि नगरेर अदृश्य रुपमा समर्थन गरिरहेको छ । अर्थतन्त्रमा देखिएको सिथिलतामा विश्वास बढाउनु पर्नेमा बजारमा भइरहेका अवान्छित गतिविधिलाई लिएर सरकार मुखदर्शक देखिनुले कतै सरकार पनि यसको समर्थनमा त छैन भन्ने अविश्वास पैदा भएको छ ।

यहि कारणले केहि समयदेखि शेयर बजारमा लगातार गिरावट देखिदै आएको छ । पछिल्लो समय साना कर्जा मिनाहा सम्बन्धमा आवाज उठ्न थालेको छ । कतै सरकार यहि आन्दोलनलाई समर्थन गर्ने बहानामा राजनीति त गर्न खोजिरहेको छैन भन्ने आशंका पैदा भएको छ । वास्तवमा अहिले कर्जा मिनाहा गर्नको लागि न त सरकारले बजेट दिन सक्छ न त अहिलेको बैंक तथा बित्तिय संस्थाहरुले ठुलो मुनाफा गर्न सकेको अवस्था छ ।

सरकारले साना ऋणीहरुको सुविधाको लागि ब्याजमा सहुलियत प्रदान गर्न सहुलियतपूर्ण कर्जा ल्याएकोमा सोको सहुलियत वापत प्रदान गर्नुपर्ने रकम त प्रदान गर्न नसकिरहेको अवस्थामा ऋण नै मिनाहा भन्ने कुरा सान्दर्भिक होईन ।

ऋण लिएपछि तिर्नुपर्छ भन्ने भावनाको विकास गर्न र अर्थतन्त्रलाई स्थिर बनाउनको लागि पनि मिनाहा हुन्छ भनेर भ्रम फिंजाउनु र माग राख्नु राम्रो होईन । अर्थतन्त्रको अवस्थालाई मध्यनजर गरेर कोरोनापछि तथा अन्य बिभिन्न समयमा नेपाल राष्ट्र बैंकले ऋणीहको हितमा बिभिन्न निर्देशनहरु मार्फत ब्याज तथा हर्जना छुटहरु तथा कर्जा पुर्नतालिकिकरण गरेर सुविधा दिईराखे कै हो । बैंकहरुले लगानी गर्ने ऋणको श्रोत जनताहरुकै निक्षेप भएकोले पनि यो कुरा निक्षेपकर्ताहरुको हक हितमा छैन ।

यसले गर्दा आम लगानीकर्ताको विश्वास गुमेको छ । लगानीकर्ताको विश्वास गुम्दा प्रत्यक्ष अप्रत्यक्ष असर अर्थतन्त्रमा विभिन्न आयामहरुमा पर्दै जानेछ । शेयर बजार अर्थतन्त्रको ऐना हो । अहिले यहि दृश्य शेयर बजारमा देखा परिरहेको छ ।

आइतबार नेप्से सूचक २६.८१ अंकले घटेको छ । सूचक सँगै कारोबार रकम पनि ३ अर्ब ८ करोडमा सिमित भएको छ । नेप्से सूचक लगातार तल्लो विन्दुमा झर्ने क्रममा १९७९.८१ अंकमा रोकिएको छ । जम्मा ३८ वटा कम्पनीको शेयर मूल्यमा सुधार देखिदा २०६ वटा कम्पनीको शेयर मूल्य तल झरेको छ ।

बोटलर्स नेपाल तराइको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बोनस शेयर हकप्रद शेयर घोषणा गरेको सन नेपाल लाइफको शेयर मूल्य ५ प्रतिशतले बढेको ५९९ रुपैयाँ कायम भएको छ ।

फाइनान्स र उत्पादन तथा प्रशोधनमुलक कम्पनीको सूचक बाहेक सबै सूचक घटेका छन् । अर्थतन्त्रमा देखिएको कालोवादलको दृश्य शेयर बजारमा प्रतिविम्बित भएको छ । सरकारले अहिले देखिएका नकारात्मक गतिविधिलाई तत्काल समाधान नगर्ने हो भने बैंकिङ क्षेत्र सँगै समग्र अर्थतन्त्र ढल्ने छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया