Nepal Life

सर्वोत्तम सिमेन्टको आइपिओमा पहिलो दिनमै तीन गुणा बढि आवेदन

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Sun 17:18
सर्वोत्तम सिमेन्टको आइपिओमा पहिलो दिनमै तीन गुणा बढि आवेदन
Sanima Reliance

काठमाडौं । सर्वोत्तम सिमेन्टको आइपिओ पहिलो दिनमै बिक्री भएको छ । कम्पनीले आजदेखि निष्काशन गरेको आइपिओमा साँझ ५ बजेसम्ममा तीन गुणा भन्दा बढिको आवेदन परेको सिडिएससीले जनाएको छ । 

NIMB

साँझ ५ बजेसम्ममा एक लाख ५६ हजार २०७ जनाले ८६ लाख ६० हजार ६४० कित्ताको लागि आवेदन दिएका छन् । बुक विल्डिङ विधिबाट नेपालमै पहिलो पटक आइपिओ निष्काशन गरिएको आइपिओ सफल देखिएको छ । प्रिमियममा शेयर निष्काशन गर्दा समस्या देखिदै आएकोमा बुक विल्डिङ विधिबाट आइपिओ निष्काशन गर्दा सर्वसाधारण लगानीकर्ताको पनि आकर्षण देखिएको हो । 

कम्पनीले सर्वसाधारणका लागि २७ लाख ७६ हजार ७६ कित्ता शेयर निष्काशन गरेको छ । न्युनतम ५० कित्ताका लागि आवेदन दिनु पर्ने व्यवस्थाका कारण पनि पहिलो दिनमै माग भन्दा तीन गुणा बढि आवेदन परेको हो । 

प्रतिकित्ता ३६०.९ रुपैयाँको दरले ५० कित्ताका लागि आवेदन दिन कम्तिमा पनि १८ हजार ४५ रुपैयाँ जोहो गर्नुपर्नेछ । अझ यो भन्दा धेरैको लागि आवेदन दिने हो भने अझ धेरै रकम आवश्यक पर्नेछ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया