Nepal Life

शेयर बजार तल्लो विन्दुबाट फर्किदा यि हुन् लगानीकर्ताको सर्वाधिक रोजाइमा परेका १० कम्पनी

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Mon 16:47
शेयर बजार तल्लो विन्दुबाट फर्किदा यि हुन् लगानीकर्ताको सर्वाधिक रोजाइमा परेका १० कम्पनी
Sanima Reliance

काठमाडौं । शेयर बजार पछिल्लो तीन महिनाकै सर्वाधिक तल्लो विन्दुमा झरेर सुधार हुन थालेको छ । समग्र आर्थिक अवस्था र लगानीकर्तामा आएको नैराश्यताका कारण शेयर बजार २१७५ अंकबाट १९७९ अंकसम्म तल झर्यो । सोमबार नेप्से सूचक १३.२८ अंकले सुधार हुँदा लगानीकर्ताको पहिलो रोजाइ सोनापुर मिनरल एण्ड आयल परेको छ ।

NIMB

कारोबारका हिसावले सोमबार सोनापुर मिनरलको सर्वाधिक धेरै ९ करोड ७१ लाख रुपैयाँको खरिद बिक्री भयो । तर शेयर मूल्यमा आएको सुधारका हिसावले भने बोटलर्स नेपाल बालाजु पहिलो रहेको छ । कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर १४७५ रुपैयाँ पुगेको छ ।

सर्वाधिक धेरै कारोबार भएको आधारमा दोस्रो नम्बरमा हिमालयन रिइन्स्योरेन्स कम्पनी छ । हिमलायनले हकप्रद र बोनस शेयरको एजेण्डा साधारणसभामा लैजादैछ । बोनस शेयर प्रयोजनका लागि बुक क्लोज भने भइसकेको छ । सोमबार कम्पनीको शेयर मूल्य ६१६ रुपैयाँ पुग्दा कारोबार रकम भने ७ करोड ७५ लाख रुपैयाँको भएको छ ।

तेस्रो धेरै कारोबार शिवम सिमेन्टको ६ करोड ६७ लाख रुपैयाँको भएको छ । त्यस्तै गोर्खाज फाइनान्सको ६ करवड २६ लाख, सन नेपाल लाइफको ६ करोड १८ लाख रुपैयाँको कारोबार भएको छ । सन नेपालले पनि बम्बर बोनस शेयर सहित हकप्रद शेयर निष्काशन गर्दैछ । त्यस्तै एनआइसी एशियाको ४ करोड ७ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको ३ करोड ८८ लाख, ङादी ग्रुपको ३ करोड ६८ लाख, मैलुङ हाइड्रोपावरको ३ करोड ४३ लाख र जोशी हाइड्रोपावरको ३ करोड २१ लाख रुपैयाँको खरिद बिक्री भएको छ । शेयर मूल्यमा सुधार देखिए पनि कारोबार रकम भने २ अर्ब एक करोडमै सिमित भएको छ ।

शेयर बजार अव सुधार हुने विश्लेषण सँगै लगानीकर्ताले सस्तोमा शेयर बिक्री गर्न नचाहदा कारोबार रकम घटेको हो । एकातिर सस्तोमा शेयर खरिद गर्न नचाहने र अर्को तर्फ अझै बजार के होला भन्ने डरले गर्दा महंगोमा शेयर खरिद गर्न खोजेको देखिदैन ।

अर्थतन्त्र तथा बैंकिङका विषयमा भइरहेका हल्ला तथा बहसले अहिले चौतर्फी रुपमा चर्चा भइरहेको छ । बैंकरहरु आत्तीएका छन् । खराव कर्जा बढ्दा वित्तीय अवस्था नराम्रो देखिएकाले बजारमा बैंकहरु प्रतिको हेराइमा शंका पैदा भइरहेको छ । यसले गर्दा पनि शेयर बजारमा नकारात्मक असर परेको हो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया