Nepal Life

कुमारी बैंकको संस्थापक समूहको सेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Feb 27 07:43
कुमारी बैंकको संस्थापक समूहको सेयर बिक्रीमा
National Life

काठमाडौं। कुमारी बैंक लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ। बैंकको विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको ८ लाख ११ हजार ७३५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो।

Shikhar
NIMB

बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै  यो सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले काठमाडौंस्थित नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ।

संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिइसक्नुपर्ने छ।  

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघसंस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ।  

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया