Nepal Life

आइपिओ जारी गर्दै ठमेल प्लाजा होटल एण्ड सुइट्स

NMB Bank
  • BFIS News
  • 2024 Feb 27 08:51
आइपिओ जारी गर्दै ठमेल प्लाजा होटल एण्ड सुइट्स
National Life
Shikhar
NIMB

काठमाडौं। ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेडले आइपिओ निष्कासन गर्ने तयारी गरेको छ। यससम्बन्धि निर्णय गर्न र प्रस्ताव पेश गर्न कम्पनीले साधारण सभा पनि बोलाएको छ।

कम्पनीको माघ ९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी चैत ९ गतेका लागि १२ औं साधारण सभा होटलकै सभाकक्षमा दिउँसो चार बजे बस्ने गरी बोलाएको हो।

साधारण सभामा यसका अलावा पूँजी संरचना परिवर्तन, प्रबन्धपत्र तथा नियमावली संशोधनलगायतका सर्वसाधारणलाई छुट्टाइएको आइपिओ जारी गर्ने सम्बन्धमा नियमनकारी निकायबाट कुनै प्रकारको संशोधन, फेरबदल वा थपघट गर्न निर्देशन भएमा सोहि बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ।

सभामा बैंक तथा वित्तीय संस्थाबाट चुक्तापूँजी र सञ्चित मुनाफाभन्दा बढी ऋण लिने तथा सो कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिने तथा कम्पनीको अधिपूँजी संरचना परिवर्तन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।  

यस्तै सभामा गत आव २०७९/८० को वार्षिक प्रतिवेदन तथा अन्य वित्तीय विवरणहरु माथि छलफल गरी पारित गरिनेछ।  

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया