Nepal Life

नेप्सेमा सामान्य अंकको वृद्धि

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Tue 15:49
नेप्सेमा सामान्य अंकको वृद्धि
Sanima Reliance

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ९.३४ अंक अर्थात ०.४६ प्रतिशतले बढेर २ हजार १.६४ विन्दुमा पुगेको छ ।

NIMB

सेन्सेटिभ इन्डेक्स ०.३१ प्रतिशतले बढेर ३५७.०९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०८ वटा कम्पनीको ५२ लाख ३९ हजार ४१६ कित्ता सेयर १ अर्ब ८६ करोड ९८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ७ वटा समूहमा हरियाली छायो भने ६ वटा समूहमा गिरावट आएको छ । आज उत्पादन तथा प्रशोधन समूहमा सबैभन्दा धेरै वृद्धि देखियो । यो समूह ३.५२ अंकले बढेको आज बैंकिङ समूह ०.४७ प्रतिशत,विकास बैंक ०.१४,हाईड्रो ०.४६,लघुवित्त ०.३६,निर्जीवन बीमा ०.७४ र व्यापार समूह १.१० प्रतिशतले बढ्यो ।  

यो दिन वित्त समूह ०.२८ प्रतिशत,होटल ०.०५,लगानी समूह ०.०८,जीवन बीमा ०.०७ म्युचुअल फण्ड ०.१३ र अन्य समूह ०.०५ प्रतिशतले घटे ।  

आज बोटलर्स नेपाल (बालाजु) र बिपिडब्लु लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। यी दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ। यस्तै सामलिङ पावरको सेयरमूल्य ९.२६, बोटलर्स नेपाल(तराई) को ८.७२ र गुँरास लघुवित्तको सेयरमूल्य ८ प्रतिशतले बढेको छ ।

आज चिरख्या हाईड्रोपावरको सेयरमूल्यमा सर्वाधिक अर्थात ५.०६ प्रतिशतले गिरावट आएको छ ।  त्यस्तै कालिञ्चोक दर्शनको सेयरमूल्य ४.३० प्रतिशत र मोलुङ हाईड्रोको सेयरमूल्य ३.५३ प्रतिशतले घटेको छ ।  

आज सोनापुर मिनरल्सको सबैभन्दा धेरै कारोबार भएको छ । आज यो कम्पनीको १४ करोड १९ लाख बढीको कारोबार भएको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया