Nepal Life

बुक विल्डिङ विधिबाट पहिलो पटक आइपिओ निष्काशन गरेको सर्वोत्तममा सर्वाधिक आकर्षण, १० गुणा बढि आवेदन

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Tue 19:39
बुक विल्डिङ विधिबाट पहिलो पटक आइपिओ निष्काशन गरेको सर्वोत्तममा सर्वाधिक आकर्षण, १० गुणा बढि आवेदन
Sanima Reliance

काठमाडौं । नेपालमै पहिलो पटक बुक विल्डिङ विधिबाट आइपिओ निष्काशन गरेको सर्वोत्तम सिमेन्टमा सर्वसाधारण लगानीकर्ताको अत्याधिक आकर्षण देखिएको छ । कम्पनीले निष्काशन गरेको आइपिओमा १० गुणा बढि आवेदन परेको सिडिएससीले जनाएको छ ।

NIMB

तीन दिनमा ५ लाख २४ हजार ७८ जनाले आवेदन दिएका छन् । बुक विल्डिङ विधिबाट प्रिमियम मूल्य निर्धारण गरेको सर्वोत्तमको आइपिओमा १० अर्ब २ करोडको लागि आवेदन परेको छ । सर्वसाधारणका लागि २७ लाख ७६ हजार ७६ कित्ता निष्काशन भएकोमा २ करोड ८३ लाख २७ हजार ६१० कित्ताको लागि आवेदन परेको हो ।

सर्वसाधारण लगानीकर्ताले न्युनतम ५० कित्ताका लागि आवेदन दिनु पर्ने व्यवस्थाका कारणले गर्दा पनि १० गुणा भन्दा धेरै आवेदन परेको देखिएको हो । यस भन्दा अगाडी प्रिमियममा आइपिओ निष्काशन गरेका सिमेन्ट कम्पनीहरुकै आइपिओमा यति धेरै आकर्षण देखिएको थिएन । कम्पनीले भोलिसम्म मात्रै सार्वजनिक निष्काशन गर्नेछ । भोलि साँझ ५ बजेपछि आवेदन दिन पाइने छैन ।  

प्रतिकित्ता ३६०.९ रुपैयाँको दरले ५० कित्ताका लागि आवेदन दिदा १८ हजार ४५ रुपैयाँ आवश्य पर्नेछ । लगानीकर्ताले न्युनतम पनि ५० कित्ता शेयर पाउने भएकाले उक्त शेयर भाग्यमानी ५५ हजार ५२१ जनाले मात्रै हात पार्नेछन् । उनिहरु मध्ये ६ जनाले लक्की ड्र मार्फत थप एक एक कित्ता सहित ५१ कित्ता प्राप्त गर्ने छन् । अव सबै लगानीकर्ताले गोलाप्रथाबाटै शेयर प्राप्त गर्नेछन् ।

यदि यो शेयर प्रथामिक बजारमा बिक्री नभएको भए बुक विल्डिङ विधिका क्रममा आवेदन दिने संस्थागत लगानीकर्ताले सकार्नु पर्ने हुन्थ्यो । अव कुनै पनि संस्थागत लगानीकर्ताले शेयर हाता नपार्ने भएका छन् ।

कतिमा होला दोस्रो बजारमा पहिलो कारोबार

कम्पनीको शेयर दोस्रो बजारमा भने न्युनतम १८५.३६ रुपैयाँदेखि अधिकतम ५५६.०८ रुपैयाँबाट सुरु हुनेछ । यदि पहिलो कारोबार अधिकतम मूल्यमै भयो भने पनि लगानीकर्ताले पहिलो दिनमै १९५ रुपैयाँ फाइदा कमाउने छन् । यदि मानौ ५० कित्ता आइपिओ पर्यो भने उसको लागत १८ हजार ४५ रुपैयाँ पर्न जान्छ । साथै अधिकतम मूल्यमा कारोबार म्याचिङ भयो भने एक कित्ताको शेयर मूल्य ५५६ रुपैयाँ कायम हुनेछ । यहि मूल्यमा शेयर बिक्री गरियो भने पनि १९५ रुपैयाँको दरले ९ हजार ७५९ रुपैया मुनाफा हुनेछ ।

यस भन्दा अगाडी प्राय पहिलो कारोबार अधिकतम रेञ्जबाटै सुरु हुने गरेको पाइन्छ । बुक विल्डिङ विधिबाट आइपिओ निष्काशन हुँदा कम्पनीले प्रारम्भिक रुपमा निर्धारण गरेको मूल्य भन्दा धेरै कममा झरेको छ ।

कम्पनीले जारी पूँजी ४ अर्ब ६५ करोडको १२.९० प्रतिशत अर्थात ६० करोड कित्ता शेयर मध्ये आयोजना प्रभावित र वैदेशिक रोजगारीम गएका नेपालीका लागि आइपिओ निष्काशन गरिसकेको छ । वैदेशिक रोजगारमा गएका नेपालीले आह्वान गरे जति सबै शेयर खरिद गरिसकेका छन् भने प्रभावितले खरिद नगरेको ६ लाख ८१ हजार ५३० कित्ता शेयर पनि सर्वसाधारणका लागि बिक्री गरिएको हो ।

कम्पनीले प्राथमिक बजारबाट एक अर्ब ५६ करोड ५४ लाख रुपैयाँ प्रिमियम संकलन गर्नेछ । प्राथमिक शेयर निष्काशन पछि चुक्ता पूँजी ४ अर्ब ६५ करोड पुग्नेछ । कम्पनीले प्राथमिक शेयर पश्चात ६० करोड पूँजी र एक अर्ब ५६ करोड प्रिमियम सहित २ अर्ब १६ करोड ५४ लाख उठ्नेछ । अहिले नै कम्पनीको जगेडा कोषमा साढे तीन अर्ब भन्दा माथि रहेको छ । आइपिओ निष्काशन पछि ५ अर्ब नाघ्नेछ । यस हिसावले कम्पनीले आगामी वर्षमा आकर्षक लाभांश दिन सक्नेछ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया