Nepal Life

सर्वोत्तम सिमेन्टको आइपिओमा १९.३२ गुणा बढि आवेदन, आवेदक मध्ये ९ लाख ५६ हजारको हात खालि हुने

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Wed 19:20
सर्वोत्तम सिमेन्टको आइपिओमा १९.३२ गुणा बढि आवेदन, आवेदक मध्ये ९ लाख ५६ हजारको हात खालि हुने
Sanima Reliance

काठमाडौं । सर्वोत्तम सिमेन्टको प्राथमिक शेयरमा अत्याधिक आकर्षण देखिएको छ । कम्पनीले आज साँझ ५ बजेसम्म निष्काशन गरेको प्राथमिक शेयरमा १९.३२ गुणा बढि आवेदन परेको छ । बुक विल्डिङ विधिबाट पहिलो पटक आइपिओ निष्काशन गरेको कम्पनीको प्राथमिक शेयरमा १० लाख १२ हजार ३८४ जनाले आवेदन दिएका छन् ।

NIMB

कम्तिमा पनि ५० कित्ताका लागि आवेदन दिनु पर्ने व्यवस्थाका कारण कुल ५ करोड ३६ लाख कित्ताका लागि आवेदन परेको छ । जसका लागि १९ अर्ब ३५ करोडको आवेदन परेको हो । यसरी सर्वोत्तम सिमेन्टको प्राथमिक शेयरमा आवेदन दिने लगानीकर्ताहरुको १९ अर्ब ३५ करोड रुपैयाँ बैंकमा लक भएको छ । यो रकम शेयर बाँडफाँट नभएसम्मका लागि लकिङ हुनेछ ।

कम्पनीले सर्वसाधारणका लागि २७ लाख ७६ हजार ७६ कित्ता शेयर जारी गरेको हुँदा यो शेयर ५५ हजार ५२१ जनाले मात्रै शेयर हात पार्ने छन् । यसरी आवेदन दिने मध्ये ९ लाख ५६ हजार लगानीकर्ताको हात खालि हुने निश्चित छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया