Nepal Life

पाही इन्भेष्टमेन्टले जया कलेजमा दियो शेयर सम्बन्धी तालिम

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Thu 13:16
पाही इन्भेष्टमेन्टले जया कलेजमा दियो शेयर सम्बन्धी तालिम
Sanima Reliance

काठमाडौं । पाही इन्भेष्टमेन्टद्वारा जया कलेजमा लगानीकर्ता शेयर सचेतना कार्यक्रम समपन्न गरेको छ। पाही इन्भेष्टमेन्टले बुधवार गोकर्णेश्वर माकलबारीमा रहेको जया मल्टिपल कलेजमा लगानीकर्ता शेयर सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।

NIMB

कलेजमा अध्यनरत विद्यार्थीहरुलाई शेयर बजारको आधारभूत पक्ष, नेपालको शेयर बजार, कम्पनी विश्लेषण, पोर्टफोलियो व्यवस्थापन तथा प्राविधिक विश्लेषण बारेमा जानकारी दिईएको छ । शेयर बजारमा सचेत भएर लगानी गर्ने सम्बन्धी जानकारी गराउने उद्देश्यले यस कार्यक्रम आयोजना गरिएको हो ।

पाही इन्भेष्टमेन्ट प्रा.लिका कार्यकारी अधिकृत कमल धिताल र कारोबार अधिकृत रन्जन पौडेलले शेयरको प्रकार, शेयर लगानीका जोखिम, बजार मूल्य निर्धारण, सूचिकृत शेयर खरिद र बिक्री, शेयर लगानीका फाइदा, शेयर खरिद गर्ने तरिका, दोस्रो बजार, लगायत शेयर कारोबारका मुलभूत पक्षबारे प्रस्तुतिका साथै प्रशिक्षण दिएका थिए ।

पाही इन्भेष्टमेन्ट प्रा.लिले लामो समयदेखि धितोपत्र बजारको पहुँच नपुगेका क्षेत्रहरूलाई लक्षित गरी लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम आयोजना गर्दै आएको पाही इन्भेष्टमेन्टका अधिकृत धितालले बताएका छन् । उनले लगानीकर्ता शेयर सचेतना कार्यक्रम र निःशुल्क डीम्याट खाता अभियान संचालनलाई निरन्तरता दिदै जाने बताए ।

कार्यक्रममा जया मल्टिपल कलेजका क्याम्पस प्रमुख भवानी प्रसाद पौडेलले विद्यार्थीहरुका लागि यस्ता प्रशिक्षणहरुले सिकाइमा थप सहयोग पुग्ने बताए । यस्ता कार्यक्रमबाट विद्यार्थीहरुले नेपालको सेयर बजार ,लगानीका फाइदा र बेफाइदा बारे नजिकबाट सिक्ने मौका पाएकोमा खुसि व्यक्त गरे ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया