Nepal Life

शिवम् सिमेन्ट्सको बोनस शेयर हितग्राहीको खातामा जम्मा

NMB Bank
  • BFIS News
  • 2024 Mar 01 08:23
शिवम् सिमेन्ट्सको बोनस शेयर हितग्राहीको खातामा जम्मा
National Life

काठमाडौं । शिवम् सिमेन्टस् लिमिटेडको बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा भएको छ। कम्पनीको गत पुस २७ गते सम्पन्न आठौं वार्षिक साधारण सभाले १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) पारित गरेको थियो।

Shikhar
NIMB

कम्पनीले गत पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीको खातामा बोनस शेयर जम्मा गराएको जनाएको छ। भौतिक रुपमा शेयर धारण गरेका शेयरधनीको हकमा पनि शेयर अभौतिकीकरण गराएपछि स्वतः हितग्राही खातामा जम्मा गरिने कम्पनीले उल्लेख गरेको छ ।

सभाले पारित गरेको बोनस शेयर फागुन १४ गतेदेखि नै शेयरधनीको हितग्राही खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया