Nepal Life

करिव २० अर्बको आवेदन परेको सर्वोत्तम सिमेन्टको प्रि-अलटमेन्ट आइतबार, बाँडफाँड भने बुधवार

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Fri 19:35
करिव २० अर्बको आवेदन परेको सर्वोत्तम सिमेन्टको प्रि-अलटमेन्ट आइतबार, बाँडफाँड भने बुधवार
Sanima Reliance

काठमाडौं । सर्वसाधारण लगानीकर्ताको सर्वाधिक आकर्षण देखिएको सर्वोत्तम सिमेन्टको प्र-अलटमेन्ट आगामी आइतबार गर्ने तयारी भएको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलले यहि आइतबार प्रि-अलटमेन्ट गरेर आगामी बुधबारसम्ममा बाँडफाँड गर्ने तयारी गरेको हो । 

NIMB

नेपालमै पहिलो पटक बुक विल्डिङ विधिबाट आइपिओ निष्काशन गरेको सर्वोत्तम सिमेन्टको प्रिमियम मूल्य आह्वान गरिएको भन्दा धेरै कम कायम भए पछि सर्वसाधारणको आकर्षण देखिएको हो । कम्पनीले नेटवर्थका आधारमा दुई गुणामा मात्रै शेयर जारी गरेको भए पनि प्रति कित्ता ३७०.७२ रुपैयाँ पर्न जान्थ्यो । तर संस्थागत लगानीकर्ताले एकदमै कम मूल्यमा बोलकबोल गरेपछि कम्पनीले सोचे भन्दा धेरै कममा शेयर बिक्री गर्नु परेको हो । 

सिडिएससीका अनुसार अन्तिम दिनसम्ममा कुल १० लाख १५ हजार २११ ओटा आवेदनबाट मागको तुलनामा १९.३७ गुणा बढी अर्थात ५ करोड ३७ लाख ७७ हजार ८७० कित्ताको माग परेको छ । यो प्रारम्भिक तथ्याङ्क हो । प्रमाणिकरण तथ्याङ्क आउँदा रद्द आवेदक घट्ने हुँदा केही घट्नेछ ।

कम्पनीको आईपीओमा उच्च आवेदन परेकाले प्रति १९ जनामध्ये १ जनाले मात्र ५० कित्ताका दरले आईपीओ हात पार्नेछन् भने १८ जनाको दरले हात खाली हुनेछ । कम्पनीको आईपीओ कुल ५५ हजार ५२१ जना आवेदकले मात्रै पाउनेछन् । सेयर पाउनेमध्ये २६ जनाले थप १ कित्ताका दरले ५१ कित्ता हात पार्नेछन् ।

कम्पनीले सर्वसाधारणका लागि २७ लाख ७६ हजार ७६ कित्ता खरिदका लागि आह्वान गरेको थियो । अन्तिम दिन बुधबारसम्म आईपीओमा १९ अर्ब ४० करोड ८४ लाख ३३ हजार २८३ रुपैयाँ बराबरको सेयर खरिदका लागि माग परेको हो ।

कम्पनीले दोस्रो बजारमा पहिलो कारोबारका लागि न्युनतम १८५.३६ रुपैयाँदेखि अधिकतम ५५६.०८ रुपैयाँको रेञ्ज प्राप्त गर्नेछ । यदि अधिकतम मूल्यमा पहिलो कारोबार भयो भने लगानीकर्ताले पहिलो दिनमै राम्रो मुनाफा गर्न सक्ने छन् । तर बजार धेरै नै तल्लो विन्दुमा भएको हुँदा कम्पनीको शेयर मूल्य राम्रो पाउन अझै केहि समय कुर्दा राम्रो हुने विश्लेषकहरु बताउछन् । हाल कम्पनीको जगेडा कोषमा राम्रो रकम छ । त्यसमा पनि प्रिमियमबाट आर्जन हुने रकमले कम्पनीको लाभांश दिन सक्ने क्षमता अझ बढ्ने छ । यसले गर्दा अवको केहि समय कम्पनीको शेयर मूल्यले दोस्रो बजारमा राम्रै बजार पिट्ने देखिन्छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया