Nepal Life

अव एउटा मात्रै डिम्याट खाता प्रयोग गर्नु पर्ने, आफ्नै एउटा डिम्याटबाट अर्कोमा सिधै शेयर ट्रान्सफर गर्न पाउने

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Sat 11:18
अव एउटा मात्रै डिम्याट खाता प्रयोग गर्नु पर्ने, आफ्नै एउटा डिम्याटबाट अर्कोमा सिधै शेयर ट्रान्सफर गर्न पाउने
Sanima Reliance

काठमाडौं । सिडिएससी एण्ड क्लियरिङ लिमिटेड एउटा मात्रै डिम्याट खाताको प्रयोग गर्न पाउने व्यवस्था गर्ने तयारी गरेको छ । हाल एक जना व्यक्तिले दुई वटासम्म डिम्याट खाता प्रयोग गर्न पाउने व्यवस्था छ । यो नियम लागु हुनु भन्दा अगाडी एउटै व्यक्तिको दुई भन्दा धेरै डिम्याट खाता रहेको थियो । यसरी धेरै वटा डिम्याट खातामा शेयर हुँदा एउटै डिम्याट खातामा सार्न पाउने व्यवस्था नहुँदा लगानीकर्तालाई समस्या पर्दै आएको छ । 

NIMB

एउटै व्यक्तिका एक भन्दा धेरै डिम्याट खाता सञ्चालन हुँदा एउटै व्यक्तिले दुई भन्दा धेरै डिम्याट खाताबाट आइपिओमा आवेदन दिनेदेखि लिएर धेरै वटा ब्रोकरबाट शेयर कारोबार हुँदै आएको छ । सिडिएससीले यसलाई नियन्त्रण गर्न एउटा मात्रै डिम्याट खाताको प्रयोगलाई अनिवार्य गर्न भने सकेको छैन । 

एक जनाको धेरै वटा डिम्याट खाता रहेको र सबैमा शेयर हुँदा कुनै सिडिएससीले एक बाहेक अरु खाता बन्द गराउन सकेको छैन । त्यसैले एक व्यक्तिको धेरै वटा डिम्याट खाता छ भने उसले सजिलै एउटा डिम्याट खाताबाट अर्को डिम्याट खातामा अनलाइनबाटै शेयर ट्रान्सफर गर्न पाउने व्यवस्था मिलाउन थालेको हो । यसका लागि सफ्टवेयर निर्माण गर्ने काम भइरहेको सिडिएससीका सूचना अधिकारी सुरेश न्यौपानेले जानकारी दिए । 

सिडिएसीले मेरो शेयरबाटै शेयर ट्रान्सफर गर्न मिल्ने गरि काम गरिरहेको छ । यसो हुने वित्तीकै एउटा व्यक्तिले आफ्नो विभिन्न डिम्याट खातामा रहेका शेयरहरुलाई विना शुल्क एउटै डिम्याट खातामा ट्रान्फर गराउन सक्नेछ । अहिलेको अवस्थामा एउटा डिम्याटबाट अर्को डिम्याट खातामा शेयर ट्रान्सफर गर्दा दोस्रो बजारबाट खरिद बिक्री गरेर मात्रै सम्भव छ । यसरी दोस्रो बजारबाट आफै शेयर खरिद बिक्री गर्दा कमिशन देखि लिएर सबै शुल्क भुक्तानी गर्नु पर्छ । 

यस्तो सुविधा एउटा व्यक्ति र अर्को व्यक्तिको डिम्याट खाताबाट भने ट्रान्सफर गर्न पाइने छैन । यसका लागि एउटै व्यक्तिको दुई वा सो भन्दा धेरै डिम्याट खाता छ भनेर भेरीफाइ हुनु पर्छ । मानौ एक जनाको तीन वटा डिम्याट खाता छ भने उसले कुनै एक खातामा बाँकी दुई वटा डिम्याट खातामा रहेको शेयर ट्रान्फर गर्न पाउनेछ । सिडिएससीले अवको केहि समय भित्रै यो सुविधा सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।   

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया